×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गुराँस लाइफ इन्स्योरेन्सका सेयरधनीलाई आठ प्रतिशत बोनस सेयर

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सेयरधनीले ८ प्रतिशत बोनस सेयर पाउने भएका छन् । कम्पनीको विहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको कमाईबाट सो अनुपातमा बोनस सेयर दिने प्रस्ताव अघि सारेको छ । सञ्चालक समितिको उक्त प्रस्ताव नियामक बीमा समिति र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् । कर प्रयोजनका लागि कम्पनीले ०.४२१ प्रतिशत नगद लाभांश पनि प्रदान गर्नेछ । 
हाल गुराँस लाइफ इन्स्योरेन्सको चुक्तापुँजी ५५ करोड रुपैयाँ छ । उक्त चुक्तापुँजीको ८ प्रतिशत बोनस सेयर जारी गरेपछि कम्पनीको चुक्तापुँजी ५९ करोड रुपैयाँ पुग्नेछ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: