×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हास्यकलाकार हरिवंश आचार्य परे दुर्घटनामा

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ -चर्चित हास्यकलाकार हरिबंश आचार्य दुर्घटनामा परेका छन् । आचार्यको कारलाई बसले ठक्कर दिंदा दुर्घटना भएको हो । आचार्यले चलाएको बा १३ च १२२९ नम्बरको कारलाई पछाडीबाट आएको बसले ठक्कर दिएको बुझिएको छ । सर्वोच्च अदालत अगाडी रामशाहपथमा उनको गाडीलाई बसले ठक्कर दिएको बताइएको छ । उनको गाडी क्षतिग्रस्त भएको छ ।  

अचार्यले भने आफू सुरक्षित रहेको बताएका छन् । ‘म सुरक्षित छु, मलाई केहि पनि भएको छैन ।  मान्छेले बाटो काट्दा दुर्घटना भयो । धन्न कुनै मानवीय क्षति भएन । गाडी चाहिं क्षतिग्रस्त भएको छ ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै आचार्यले भने ।
उनका अनुसार गाडी गुडिरहेको अवस्थामा एक जना व्यक्तिले सडक काटेपछि दुर्घटना भएको हो । मान्छेले बाटो काटेपछि आचार्यले ब्रेक लगाएका थिए । त्यहिबेला पछिबाट आएको बसले उनको कारलाई ठक्कर दिएको हो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: