×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हिमालयन बैंकको चैत १० देखि एक लाख ४५ हजार ५६० कित्ता सेयर लिलामीमा

  • अर्थ सरोकार सम्वाददाता  

काठमाडौं – हिमालयन बैंकले एक लाख ४५ हजार ५६० कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानी त्यसभन्दा बढी भाउ तोकेर दरखास्त फारम बुझाउनुपर्नेछ । यो लिलामी सेयरमा  चैत १० देखि १६ गतेसम्म दरखास्त बुझाउन पाइनेछ । हिमालयनको बिक्री प्रबन्धकको काम  लक्ष्मी क्यापिटल मार्केटले गर्नेछ ।
हिमालयनले कत्तिक २६ देखि मंसिर ३० गतेसम्म हकप्रद सेयर बिक्री खुला गर्दा नबिकेको सर्वसाधारण समूहको सेयर अहिले लिलामीमा बिक्री गर्न लागेको हो । हिमालयन बैंकको चुक्ता पुँजी ६ अर्ब ४७ करोड ६३ लाख २० हजार रुपैयाँ छ भने रिजर्भ कोषमा चार अर्ब २७ लाख ५९ हजार रुपैयाँ छ । हिमालयनको प्रतिसेयर आम्दनी ३५ रुपैयाँ १५ पैसा र प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ १६ पैसा छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: