×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अमेरिकी जलसेना प्रमुख आज नेपाल आउँदै

  • अर्थ सरोकार सम्वाददाता 

काठमाडौं – अमेरिकी जलसेना प्रमुख ह्यारी बिन्क्ले ह्यारिस आइतबार नेपाल आउँदैछन्। नेपालको तीन दिने भ्रमणमा आउने ह्यारिसले प्रधानमन्त्री, रक्षमन्त्री, परराष्ट्रमन्त्री र प्रधानसेनापतिसँग भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 
 भेटमा नेपाल र अमेरिकाबीचको सैन्य सहकार्य तथा सहयोगबारे छलफल हुनेछ । जलसेना प्रमुख ह्यारिसले सोमबार नेपाली सेनाले काभ्रेको पाँचखलमा आयोजना गर्ने शान्ति प्रयास नामक सैन्य अभ्यासको उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । संयुक्त सैन्य अभ्यासमा राष्ट्रसंघीय शान्ति सेनामा सहभागी २७ देशको सहभागिता रहनेछ। ह्यारिस पछिल्लो समय नेपाल आउन लागेका वरिष्ठ अमेरिकी सैन्य अधिकारी हुन् । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: