×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कैलाशको २०% हकप्रद सेयर भर्ने आज अन्तिम दिन

  • अर्थ सरोकार सम्बाददाता 

काडमाडौं – कैलाश विकास बैंकको २०% हकप्रद सेयर भर्ने बिहीबार अन्तिम दिन हो । कैलाशले एक सय रुपैयाँ अंकित मूल्यको ३१ लाख ६० हजार ६७२ कित्ता सेयर बिक्री खुला गरेको हो । बैंकको ५ः१ अनुपातको यस हकप्रदमा पुस १३ गतेसम्म कायम सेयरधनीले मात्र अवेदन दिन पाउने छन् ।
हकप्रद सेयरका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेड नाचघर जमल, काठमाडौं र कैलाश विकास बैंकको देशभरका अधिकांश शाखा कार्यालयबाट आवेदन फारम बुझाउन पाइनेछ । 
यो हकप्रद सेयरमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कैलाशको चुक्ता पुँजी एक अर्ब ९७ करोड ५४ लाख २० हजार रुपैयाँ छ । दोस्रो त्रैमाससम्म आइपुग्दा कैलाशले २६ करोड ३८ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ३१ पैसा र प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ १० पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: