×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

राप्रपाको मूल एजेन्डा हिन्दूराष्ट्र हो : कमल थापा

  • अर्थ सरोकार सम्वाददाता 

काठमाडौं – सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दूराष्ट्रलाई मूल एजेन्डा बनाएर स्थानीय तहको निर्वाचनअभियानलाई तीव्रता दिने भएको छ । पार्टीअध्यक्ष एवं उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले जनमत हिन्दूराष्ट्रको पक्षमा रहेकाले सोही एजेन्डालाई मूल नारा बनाएर स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
१० चैतबाट देशभर निर्वाचनको अभियान सञ्चालन गर्ने तयारीमा रहेका पार्टीका नेतालाई बुधबार काठमाडौंमा प्रशिक्षण दिँदै अध्यक्ष थापाले निर्वाचनमा उत्साहका साथ खटिन पनि नेता कार्यकर्ताहरुलाई निर्देशन दिए । पार्टीले लिएको पछिल्ला अडान र निर्णय उत्साहजनक रहेको उल्लेख गर्दै थापाले सोहीअनुसार निर्वाचन अभियानमा जुट्नुपर्ने आवश्यक्ता औंल्याए । 
राष्ट्रिय प्रजातन्त्र पार्टीले १० चैतदेखि सबै जिल्लामा एक साथ स्थानीय तहको निर्वाचनको तयारी थाल्ने योजना बनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दूराष्ट्र स्थापना गर्ने पार्टीको लक्ष्यमा जनमत रहेको विश्लेषण गर्दै आएको छ । उसले अब हुने निर्वाचनमा तेस्रो शक्ति बन्ने सुनिश्चित भएको दाबीसमेत गर्दै आएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: