×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चुनाव हुनबाट कुनैपनि शक्तिले रोक्न सक्दैन : उपप्रधानमन्त्री थापा

  • अर्थ सरोकार सम्वाददाता 

काठमाण्डौ – उपप्रधान एव स्थानीय विकासमन्त्री कमल थापाले स्थानीय तहको चुनाव कुनैपनि हालतमा हुने बताएका छन् । उनले भने, “चुनाव हुनबाट अव कुनैपनि शक्तिले रोक्न सक्दैन ।”
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै राप्रपा अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री थापाले भने, ‘सरकार निर्वाचनको लागि तयारी अवस्थामा रहेको छ । राजनीतिक दलहरु निर्वाचनतर्फ उन्मुख भइसकेका छन्’ ‘निर्वाचन आयोग तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउन युद्धस्तरमा काम गरिरहेको छ । अब चुनाव नहुने अवस्था छैन ।त्यसैले आफ्नो पार्टी निर्वाचन गराउनका लागि सरकारमा सहभागि भएको हो ।’
स्थानीय तहको चुनावलाई सफल वनाउन स्थानीय तहलाई परिचालन गरिएको भन्दै उनले आफू त्यसको अनुगमनका लागि सुनसरी र मोरङ जिल्लाको दौडाहामा निस्किएको वताए ।
सरकारले चुनाव गराउनको लागि कुनै कसर वाकी नराख्ने भन्दै मन्त्री थापाले भने, ‘मुलुकमा पहिलो पल्ट स्थानीय सरकारको चुनाव हुँदैछ, यसमा मधेसवादी दलको पनि सहभागीता आवश्यक छ । त्यसतर्फ सरकारले वातावरण तयार गर्न प्रयासरत छ ।’
मधेस केन्द्रीय दलहरुसँग सहमति हुन सक्ने विषयमा सहमति गर्ने र सहमति नभएका विषयमा भविश्यमा सहमति गर्ने मध्यामार्गी वाटोवाट अगाडी वढ्ने प्रयास भइरहेको उनले बताए ।
उपप्रधानमन्त्री थापाले संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्र पार्टीको मुख्य एजेण्डा भएको भनदै त्यसलाई निर्वाचन आयोगले हटाउने निर्णय स्विकार्य नहुने बताए । उनले भने, ‘हाम्रो पार्टीको मर्म र भवनामा ठेस पुगेको छ । आयोगले तत्काल पुनविचार गरोस् । नत्र हामी जुनसुकै कदम चाल्न वाध्य हुन्छौं ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: