नेपालमाथि भारत हस्तक्षेपबिरुद्ध काठमाडौंमा प्रदर्शन
Powered by Blogger.
नेपालमाथि भारत हस्तक्षेपबिरुद्ध काठमाडौंमा प्रदर्शन

  • अर्थ सरोकार सम्वाददाता 

काठमाडौँ - भारतीय सुरक्षाकर्मीले कञ्चनपुरमा नेपालीको हत्या गरेको विरोधमा नेकपा क्रान्तिकारीमाओवादीले शनिबार राजधानीमा प्रदर्शन गरेको छ ।

दिउँसो १ बजे बाट खुलामञ्चबाट सुरु भएको मार्चपास प्रदर्शनीमार्ग, सहिदगेट, न्यूरोड, इन्द्रचोक, असन, भोटाहिटी हुँदै शान्तिबाटिकामा पुगेर सभामा परिणत भएको थियो ।

सभालाई पार्टीका अध्यक्ष मोहन वैद्यले सम्बोधन गरेका थिए । कञ्चनपुर घटनाका साथै एमालेको मेची(महाकाली अभियानको क्रममा सरकारले सप्तरी गरेको हत्याकाण्डको विरोधमा पार्टीको युवा संगठन क्रान्तिकारी युवा लिग नेवा राज्यको आयोजनामा मार्चपास गरिएको हो ।

‘सप्तरी हत्याकाण्डको विरोध गरौं १ राष्ट्रिय स्वाधीनताको रक्षा र जनअधिकार प्राप्तिका लागि संघर्ष गरौं ११’ भन्ने नारा लगाउँदै युवाहरुले पार्चपास गरेका थिए ।


Published Date : Sunday, March 19, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...