लक्ष्मीले पनि पायो हकप्रद बिक्री अनुमति
Powered by Blogger.
लक्ष्मीले पनि पायो हकप्रद बिक्री अनुमति

  • अर्थ सरोकार सम्वाददाता 
काठमाडौं - लक्ष्मी बैंकले १००% हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको छ । पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डले लक्ष्मीलाई १ः१ अनुपातमा हकपद सेयर बिक्री गर्न अनुमति दिएको हो । लक्ष्मीले अब छिटै तीन अर्ब १५ करोड ९० लाख ३० हजार ४०० रुपैयाँको तीन करोड १५ लाख ९० हजार ३०४ कित्ता हकप्रद सेयरको बिक्री खुला गर्नेछ । यो हकप्रदमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड हो । 

लक्ष्मी बैंकको हाल चुक्ता पुँजी तीन अर्ब तीन करोड ९२ लाख २९ हजार रुपैयाँ छ । राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन कसरत गरिरहेको लक्ष्मीले प्रोफेसनल दियालो विकास बैंकलाई गाभेर माघ २ गतेबाट एकीकृत कारोबार पनि सुरु गरिसकेको छ । 

लक्ष्मीले प्रोफेसनल दियालोलाई गभेपछि कायम हुने चुक्ता पुँजीबाट एक सय प्रतिशत हकप्रद बिक्री गर्न लागेको हो । त्यस्तै बैंकले गत वर्षको कमाईबाट लगानीकर्तालाई ३८% बोनस सेयर दिने घोषणा गरेको छ । हकप्रद भर्नेले पनि बोनस सेयर पाउने भएकाले लगानीकर्ताले पाउने वास्तविक बोनस दर भने १८.२९% मात्र हुन आउँछ । लक्ष्मीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ४० करोड ६३ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ७४ पैसा र प्रतिसेयर नेटवर्थ २१९ रुपैयाँ ३३ पैसा छ ।


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...