×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लिलामीमा माछापूछ्रे बैंकको सेयर किन्ने आज अन्तिम दिन

  • अर्थ सरोकार सम्बाददाता 

लिलामीमा माछापूछ्रे बैंकको सेयर किन्ने आज अन्तिम दिन रहेको छ । आज बैंकिङ कार्यालय समयसम्म बैंकले बोलकबोलको आवेदन लिनेछ । माछापुछ्रेले गत मंसिर १९ गतेदेखि माघ २ गतेसम्म ५० प्रतिशत हकप्रद निष्काशन गर्दा नबिकेको तीन लाख २३ हजार दुई सय छ कित्ता साधारण तथा ४८ हजार छ सय २३ कित्ता संस्थापक सेयर लिलामीमा निकालेको हो । 
बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ । ईच्छुक लगानीकर्ताले आवेदन फारम लिएर क्यापिटलमा नै बुझाउनु पर्ने हुन्छ । न्यूनतम एक सय रुपैयाँ देखि बढाबढमा लगानीकर्ताले न्युनतम एक सय कित्ता र अधिकतम कित्तासम्म आवेदन दिन सक्नेछन् । सेयर लिलामीको बोलकबोल चैत चार गते बिहान ११ बजे सिभिल क्यापिटलमा खोलिने बताइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: