×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मोर्चाले सरकारलाई दिएको समर्थन आज औपचारिक रुपमा फिर्ता लिँदै

  • अर्थ सरोकार सम्वाददाता  

काठमाडौं  – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन बुधबार औपचारिक रूपमा फिर्ता लिँदैछ । सरकारलाई दिएको ७ दिने अल्टिमेटम मोर्चाले गएरातिदेखि स्वतः समर्थन फिर्ता हुने बताए पनि औपचारिक निर्णय भने बुधबार गर्न लागेको सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले जानकारी दिए । 
यसका लागि दिउँसो एक बजे तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालय बिजुली बजारमा मोर्चाका शीर्षनेताको बैठक बस्दैछ । बैठकले सरकारलाई दिएको समर्थन औपचारिक फिर्ता लिने र सचिवालयले तयार पारेका आन्दोलनका कार्यक्रमलाई अन्तिम रूप दिने सुमनले बताए। मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि सरकार अल्पमतमा भने पर्नेछैन ।
 सात दिने अल्टिमेटममा सरकारले पनि माग पूरा नगरेको भन्दै मोर्चाले सडक संघर्षका कार्यक्रम सार्वजनिक गर्नेछ ।  घोषणा भएको स्थानीय तहको चुनाव स्थगन गर्नुपर्ने र संविधान संशोधन विधेयक पारित गर्नुपर्ने माग राखेर मोर्चाले सरकारलाई एक हप्ताको अल्टिमेटम दिएको थियो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: