×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

मधेशमा लठ्ठी लिएर आए एमालेले नमस्कार पाउँदैन् : महन्थ ठाकुर

काठमाडौँ – तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गलत समयमा मेचि–काली अभियान सञ्चालन गरेकोले यसले मधेशमा द्धन्द्ध बढ्ने चेतावनी दिएका छन्।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष ठाकुरले भने,‘अहिले मधेश अशान्त अवस्थामा छ, जनतामा आक्रोश छ, ठाउँ–ठाउँमा आन्दोलनहरु भैरहेका छन्, यस्तो अवस्थाम एमाले जस्तो विगतमा सरकारमा बसेको र फेरि पनि सरकारको नेतृत्व लिन सक्ने पार्टीले गलत समयमा गलत काम गरेको छ, यसले जनतामा गलत सन्देश प्रवाह भएको छ, यसले वातावरणलाई बिर्गाछ, स्थितिलाई भड्काउँछ, यो अभियानले परिस्थिति असहज बन्छ, अभियानबाट उत्पन्न परिस्थितिको जिम्मेवारी एमालेले नै लिनुपर्छ।’ उनले एमालेको अभियानले असहज स्थिति पैदा हुने खतरा औंल्याए।
ठाकुरले भने,‘हामी अहिले शान्तिपूर्ण आन्दोलनमा छौं, यदि एमाले लठ्ठी लिएर आए उसले मधेशमा नमस्कार पाउँदैन्।’ यद्धपी उनले आफूहरु मधेशमा द्धन्द्ध नभएर शान्तिपूर्ण आन्दोलनको पक्षमा रहेको स्पष्ट पारे।
एमालेको अभियानलाई तपाईहरुले प्रतिवाद गर्ने तयारी गर्नुभएको छ अरे नि भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले भने,‘हामी कहाँ चुप लागेर बसेका छौं र? हामी त शान्तिपुर्ण आन्दोलन मै छौं, हाम्रो माग पूरा हुनुपर्छ, त्यसको लागि लागिरहेका छौं।’
उनले संविधान संशोधन प्रस्ताव पारित नभएसम्म देशमा कुनैपनि चुनाव हुन नसक्ने ठोकुवा गर्दै भने,‘संविधान संशोधन प्रस्ताव पारित गर्नुपर्छ, त्यसको विकल्प छैन, हामीले उठाएका माँगहरु मधेशका मात्रै होईनन, यी त देशकै माँग हुन्, त्यसैले पहिला संविधान संशोधन गरेर समस्याको समाधान गर्नुपर्छ, अनिमात्रै चुनावको कुरा आउँछ।’ यद्धपी उनले आफूहरु चुनावको विरोधी नभएको स्पष्ट पारे।
अध्यक्ष ठाकुरले संविधान जारी गरेझैं बलजफ्ती गरेर चुनाव गर्न खोजिए देशको अवस्था भयावह स्पष्ट पारे। उनले सरकारले स्थानीय तहको निर्वाचनको मिति हतारमा घोषणा गरेर गम्भिर गल्ती गरेको टिप्पणी गरे। उनले भने,‘सरकारले चुनावको मिति घोषणा गरेर् गल्ती गर्यो, अहिले संविधान संशोधन र निर्वाचन दुवै धरापमा परेको छ।’
उनले सरकार गठन गर्दा काँग्रेस÷माओवादी केन्द्रले आफूहरुसँग गरेको तीन बुँदे सहमति अनुसार पहिले संविधान संशोधन गरेरमात्रै चुनाव गर्नुपर्ने बताए। उनले भने,‘हामी चुनावको विरोधी होईनौं, तर संशोधन नभईकन हामी चुनावमा भाग लिँदैनौं, मुलुकको प्रत्येक परिवर्तनको केन्द्रविन्दु मधेश रहँदै आएको छ, शासनको केन्द्रविन्दु काठमाडौं रहेको छ, त्यसैले हामी उठाएका माँगहरुपनि सम्बोधन हुनुपर्छ।’
स्थानीय तह पूर्नसंरचना आयोगको प्रतिवेदनलाई आफूहरुले पहिलेदेखि नै अस्विकार गरेको बताउँदै भने,‘पूर्नसंरचना गर्दा जनसंख्यालाई ध्यान दिईएन, ५१ प्रतिशत जनताले जम्मा ३५ प्रतिशत पाउने अवस्था छ, तर ४९ प्रतिशतले ६५ प्रतिशत पाउने भएका छन्, यो अवैज्ञानिक र अव्यवहारिक हो, यसलाई सच्याउनुको विकल्प छैन।’
ठाकुरले जनसंख्याको आधारमा पूर्नसंरचना नगर्दा बजेट विनियोजनमा समेत असर पार्ने चिन्ता व्यक्त गरे। उनले भने,‘बजेटको विनियोजनामा असर पार्छ, बजेट जाने भनेको नै युनिटहरुमा हो, त्यसैले कम जनसख्या भएको ठाउँमा बढि बजेट जान्छ, र बढी जनसख्या भएको ठाउँमा थोरै बजेट जान्छ, त्यसैले पूर्नसंरचना सुधार हुनुपर्छ।’ त्यस्तै उनले स्थानीय तह प्रदेशको मातहतमा हुनुपर्ने भएपनि अहिले केन्द्रको मातहतमा चुनाव गर्न खोज्नु गलत भएको आरोप लगाए।
उनले भने,‘अहिले सरकारले तया पारेको प्रस्तावमा पनि हाम्रो असहमति छ, पूर्नसंरचना गर्दा जनसंख्याकै आधारमा हुनुपर्छ।’
अध्यक्ष ठाकुरले मधेशी जनताले परिवर्तन र अधिकार माँग राख्दा मधेश अलग्गै बनाउन खोजियो भनेर भ्रमात्मक प्रचार गरिएको भन्दै दुःख व्यक्त गरे। उनले भने,‘मधेशलाई अधिकार दिँदा अलग्गै हुन्छ भन्ने भ्रम फैलाईएको छ, त्यो गलत सोच हो।’
उनले मधेश सँधै आफ्नो प्रभावमा रहोस् भन्ने शासकहरुको चाहना रहेको जिकिर गरे। उनले भने,‘राष्ट्रियताको नारा दिना साथ उनीहरुको औंला मधेशतिर हुन जान्छ, त्यस्तो परम्परा अब नेताहरुले त्याग्नुपर्छ।’
उनले मधेशी मोर्चा वर्तमान सरकार विस्थापन गर्ने तयारीमा नरहेको समेत स्पष्ट पारे। उनले भने,‘हामी सरकारलाई रिप्लेस गर्ने सोचमा छैनौं, हाम्रो ध्यान माँग पूरा होस् भन्ने नै हो।’ यद्धपी उनले मोर्चा कसरी अघि बढ्ने बारेमा अब बस्ने बैठकमा छलफल हुने जनाउँदै थपे,‘यदि संशोधन प्रस्ताव पारित भएन भने, हामी सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमै जान्छौं।’
  • काठमाडौँ टुडे 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: