×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

भारतीय राजदुतको अहंकारः देउवाको डिनर खाएर केपी ओलीको अगाडि डकार

काठमाडौँ – नवनियुक्त भारतीय राजदूत मन्जिभ सिंह पुरीले नेकपा एमालेलाई नराम्रोसँग झुक्काएपछि एमाले वृत्तमा खैलाबैला मच्चिएको छ ।
गत सोमबार नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग एमाले संसदीय दलको कार्यलय सिंहदरबारमा भेटवार्ता भएको थियो । र राजनीतिक रुपमा गरिएको यो भेटलाई नै आफ्नो पहिलो भेटको रुपमा  राजदुत र भारतीय दुताबासले जनाएको थियो । तर,उनले यस अगाडि नै कांग्रेस सभापति शेरबहादुर देउवासँग गोप्य भेटवार्ता गरेको देउवा निकट स्रोतले जनाएको छ ।
गत शनिवार काठमाडौं आइपुगेका नवनियुक्त राजदुत सिंहले अस्ति आइतवार कांग्रेस सभापति शेरबहादुर देउवासँग देउवा निवास वूढानिलकण्ठमा पुगेर भेटवार्ता गरेको देउवा निकट सूत्रले जनाएको छ । स्रोतका अनुसार, आइतबार काँग्रेसको बैठक सकिनासाथ देउवाले भारतीय राजदूतलाई आफ्नै निवासमा निम्ता दिएका हुन् ।
पुरीले ओलीलाई भेट्नुअघि नै नेपाली काँग्रेस सभापति शेरबहादुरसँग ‘डिनर’ सहित भेटवार्ता गरेको खुलासा भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्नु अघि नै काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेको कुरा पछिमात्र सार्वजानिक भएपछि एमाले भित्र खैलाबैला मच्चिएको छ । यस अगाडिका भारतीय राजदुत रञ्जित रे,राकेश सुद लगायतका अधिकांश भारतीय राजदुत कुनै न कुनै रुपमा विवादित छन । नवनियुक्त मञ्जिव सिंह पनि सुरुमै विवादमा तानिएका छन ।
एस काठमाडौं 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: