×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मस्कोमा भइरहेको पर्यटन मेलामा नेपाल सहभागी

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३ चैत्र २०७३, बिहीबार

PRIME CA
laxmi sunrise bank

मस्कोमा भइरहेको पर्यटन मेलामा नेपाल सहभागी

  • अर्थ सरोकार सम्वाददाता

काठमाडौं – रुसको राजधानी मस्कोमा बुधबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपाल पर्यटन बोर्डले सहभागिता जनाएको छ । मेलामा नेपाल पर्यटन बोर्ड सहित ६ वटा नेपाली पर्यटन व्यवसायी संस्था सहभागी रहेको मस्कोबाट पर्यटन बोर्डका बरिष्ट अधिकृत सुदन सुवेदीले जानकारी दिए । मेलामा विश्वभरका १६ सयवटा ट्राभल तथा टुरिज्म कम्पनी सहभागी छन् ।
नेपाली स्टल प्यागोडा शैलीमा बनाइएको छ । नेपाली कला, संस्कृतिको तथा पर्यटकीय महत्व तथा स्थानका बारेमा रुसका जनतालाई बुझाउन रुसी भाषामा प्रचार सामाग्री बनाएर वितरण गरिएको छ । मेलामा आउनेमध्ये एडभेन्जर टुरिज्म र शिकार खेल्न चाहने पर्यटकले बढी चासो राखेको उनले बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: