×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एमाले सभाको दिन बाँकेमा तनाव, मधेसी मोर्चा द्वारा गुडिरहेको बसमा आगजनी

  • अर्थ सरोकार सम्वाददाता 

नेपालगञ्ज  – बन्दको अवज्ञा गरेको भन्दै संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले गुडिरहेको बसमा आगजनी गरेका छन्। बर्दियाको राजापुरबाट तुलसीपुरका लागि छुटेको भे १ ख २०४२ नं। को बसलाई नेपालगञ्ज गुलरिया सडक खण्डको सोनपुरमा रोकेर आगजनी गरेको संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष कमरुद्धिन राईले जानकारी दिए । बन्दको अवज्ञा गरेकोले आक्रोशित कार्यकर्ताले बसमा आगो लगाएको उनले बताए । बस एमाले कार्यकर्तालाई लिन जाँदै थियो । 
यता प्रहरीले भने सो बसमा मोर्चाका कार्यकर्ताल पेट्रोल बम प्रहार गरेको जनाएको छ । त्यसक्रममा लागेको आगोले बसको सिट जले पनि यात्रुहरु सकुशल रहेको इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी नायव निरीक्षक भागिराम नेपालीले जानकारी दिए । सोनपुरमा बसेर एमाले कार्यकर्ता बोकेको गाडीमा ढुंगामुढा गर्ने मोर्चाका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्यसक्रममा दुई राउण्ड हवाई फायर तथा अश्रु ग्याससमेत प्रहार गरिएको थियो । 
एमालेका कार्यर्कर्ता बोकेको बसमाथि ढुंगामुढा प्रहार गरिरहेका मोर्चाका कार्यकर्ताले प्रहरीमाथि नै आक्रमण गर्न थालेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिए । अहिले अवस्था सामान्य भइसकेको उनको भनाइ छ । उनका अनुसार प्रहरीले हवाइ फायर गरेपछि मोर्चाका कार्यकर्ता भागेका छन् । आगजनी भएको ठाउँ नेपालगन्जबाट करिब १० किलोमिटर पश्चिममा पर्दछ ।
 एमालेले नेपालगञ्जमा आयोजना गरेको आमसभालाई लक्षित गरी मोर्चाले बाँके बन्द आह्वान गरेको छ । यसक्रममा दक्षिणमा चौलिका चोक र पश्चिमा उढरापुर, सोनपुरमा सवारी आवागमन बन्द गराइएको छ । एमालेका कार्यकर्ता बोकेका गाडी प्रहरीले स्कटिङ गरेर कार्यक्रम स्थलसम्म पुर्‍याइरहेको छ । कार्यक्रममा नेताहरु बोल्ने क्रम सुरु भइसक्दा पनि विभिन्न स्थानबाट र्‍यालीसहित सहभागी आउने क्रम जारी छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: