×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२ सय ३१ नेपाली विदेशी जेलमा, १९ जनालाई मृत्युदण्ड

काठमाडौं – वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पुगेका दुई सय ३१ नेपाली गम्भीर प्रकृतिको अभियोगमा जेलजीवन बिताइरहेका छन् । हत्या, लागूपदार्थ, सडक दुर्घटनालगायत मुद्दामा २ सय १९ पुरुष र १२ जना महिला जेल परेका हुन् । प्रधानमन्त्री कार्यालयका वैदेशिक जानकार सुशील ढुंगानाका अनुसार साउदीमा ७६, कुवेतमा ६१, कतारमा ५०, यूएईमा १९, मलेसियामा १३, बहराइनमा ६, ओमानमा ३, कोरियामा २ र इजरायलमा १ जना गरी २ सय ३१ जना नेपाली जेलमा छन् । 
कुवेतको जेलमा रहेका ३६ जनाले ६ महिनादेखि १५ वर्षे जेल सजाय काटिरहेका छन् भने सात जनाको मुद्दा अदालती प्रक्रियामा छ । कुवेतको जेलमा रहेका नेपालीको पुनरावेदन र फैसला हुन बाँकी मुद्दाका लागि वकिलको दस्तुर मात्रै दुई करोडभन्दा बढी लाग्ने जानकारी उनले दिए । यसैगरी साउदी अरबको जेलमा रहेका ७६ जनामध्ये एकजनासँग ब्लडमनी लिन सहमति भए पनि रकम भने तोकिएको छैन ।
मलेसियाको जेलमा रहेका १३ जनामध्ये १० जनालाई मृत्युदण्डको सजाय पाउने अभियोगमा जेलमा राखिएको छ । एकजनालाई जन्मकैदको सजाय तोकिएको छ। एक जनालाई भने अवस्था नखुलेको भन्दै नेपाल फिर्ता गर्ने केन्द्रमा ल्याइएको छ । कुवेतमा ५, साउदीमा ३, मलेसियामा १० र यूएईमा १ जनालाई मृत्युदण्डको फैसला भइसकेको छ । यो समाचार अन्नपूर्ण पोस्टबाट साभार गरिएको हो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: