×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेरुडे लघुवित्तको हकप्रद बैशाख १७ गतेसम्म खुला रहने, तपाईँले भर्नुभयो ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १६ चैत्र २०७३, बुधबार

PRIME CA
laxmi sunrise bank

नेरुडे लघुवित्तको हकप्रद बैशाख १७ गतेसम्म खुला रहने, तपाईँले भर्नुभयो ?

नेरुडे लघुवित्त विकास बैंक लिमिटेडले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरिरहेको छ । बैंकले एक सय रुपैयाँ अंकित दरमा नौ करोड रुपैयाँ बराबरको नौ लाख कित्ता हकप्रद सेयर चैत्र १४ गतेदेखि निष्काशन गरेको हो ।
वैशाख १७ गतेसम्म निष्काशन खुला रहने कम्पनीको हकप्रद सेयरको निष्काशन तथा विक्री प्रबन्धकको जिम्मा एनसिएम मर्चेण्ट बैंकिङ लिमिटेडले पाएको छ । नेरुडे लघुवित्तको केन्द्रीय कार्यालय विराटनगर, मोरङ र एनसिएम मर्चेण्ट बैङ्किङ  लिमिटेड कमलपोखरीबाट उक्त हकप्रद सेयरका लागि आवेदन दिन पाइनेछ ।
हाल नेरुडे लघुवित्तको चुक्तापुँजी १८ करोड रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद सेयर जारी गरेपछि लघुवित्तको चुक्तापुँजी २७ करोड रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: