×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल इन्भेष्टमेन्ट बैंकमा अध्यक्ष र सीइओको मनपरी : हेर्नुहोस् पावरकै भरमा को-को भर्ती भए !

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – बैंकर बन्ने सुनौलो सपनाका साथ व्यवस्थापन शिक्षा पढ्नेहरु धेरै छन् । अझ विभिन्न बैंकमा परिक्षा दिएर बैंकमा जागिर खाने सपना बुन्नेहरू पनि धेरै छन् । नेपाल राष्ट्र बैंकले समेत सार्वजनिक सुचना जारी गर्दै कर्मचारीहरु माग्न र सोहि अनुसार आफ्नो पदपूर्ति गर्न निर्देशन दिइनै रहेको छ । तर नेपाल राष्ट्र बैंकको यो नियमको बर्खिलाप गर्दै नेपाल इन्भेष्टमेन्ट बैंकमा अध्यक्षकै मान्छे नभई वा सीइओको नजिकको मान्छे नभई जागिर नपाइने गरेको खुलासा भएको छ । विशेषगरी बैंकको उपल्लो तहका कर्मचारीहरुको हकमा यस्तो ‘मनपरी’ रहेको खुलासा भएको छ ।
अध्यक्षका को को मान्छे कुन कुन पदमा ?
बैंकमा अध्यक्ष पृथ्वी बहादुर पाण्डेको मनपरी हैकम चल्ने गरेको बैंककै कर्मचारीहरु बताउँछन् । व्यवस्थापनको अध्ययन सक्नेबितिक्कै उनले आफ्ना छोरा शिभान्तलाई बैंकको व्यवस्थापकमा नियुक्त गरेपछि बैंकभित्रैबाट कह समयअघि ठुलो विरोधको सामना गर्नुपरेको थियो । त्यहि विरोधपछी उनले छोरा शिभान्तलाई हाल बैंककै सब्सिडरी कम्पनी, इन्भेष्टमेन्ट क्यापिटलको प्रमुख बनाएका छन् । शिभान्तले पदीय मर्यादा बिर्सेर रक्सी खाएरै मान्छे कुट्दै गरेको खबर समेत यसअघि सार्वजनिक भइसकेको छ । यस्तै पाण्डेले आफ्नै भाइबुहारी उषालाई जनरल सर्भिस डिपार्टमेन्ट प्रमुख बनाएर केहि समयअघि भित्र्याएका थिए । 
मानव संसाधन व्यवस्थापकमा प्रवीर राणालाई नियुक्त गरिएको भएपनि टाइपिष्टमा सिमित राखिएको छ । त्यस्तै भाई(काकाको छोरा) नै नाता पर्ने तुलजंग पाण्डेलाई उनले वरिष्ठ व्यवस्थापकमा नियुक्त गरेका छन् । नेपाल राष्ट्रबैैंकले अध्यक्ष र सीइओ एउटै व्यक्ति हुन नपाउने प्रावधान लागू गरेपछि उनले आफ्नै मामाका छोरा भाई नाताका ज्योति पाण्डेलाई अन्य संचालकलाई पेलेरै सीइओ बनाएका हुन् । साथै उनले सीइओलाई आफ्ना विभिन्न व्यक्तिलाई भर्ती गराउन निर्देशन दिने गरेका छन् । यसरी पावरका भरमा भर्ती गराईएकाहरुमध्ये कतिपय काम नै गर्न नजान्नेहरु पनि छन् । 
आफ्नालाई सत्कार, अरुलाई पेलान !
यस्तै बैंकमा चरम श्रम शोषण समेत हुने गरेको बैंकको तल्लो तहका कर्मचारीहरु बताउँछन् । ‘बैंकमा निकै समान्ती भाषाको प्रयोग बढी हुन थालेको छ । दैनिक १० घण्टासम्म कामको पेलान हुन्छ । तर इन्ट्रनशीपका नाममा कतिपयलाइ १० घण्टा काम गर्दा पनि मासिक ५ हजार रुपैयाँमात्र दिने गरिएको छ भने अन्यलाई पनि अध्यक्ष वा सीइओको पावर नलगाई अन्यत्रै बाट आउनेहरुलाई झन् पेलान हुने गरेको छ । ‘ बैंकका एक कर्मचारीले अर्थ सरोकार डटकमसँग भने । 
‘बैंकमा हुने गलत व्यवहारका कारण बैंकका कतिपय राम्रा मान्छेहरुले जागिर छोडेका छन्। ‘ उनी अगाडी भन्छन्, ‘ बैंकमा सीइओदेखि अध्यक्षसम्मले पदको चरम दुरुपयोग गरेका छन् । तर सबैतिर सेटिङ भएपछि कसले छुने ? कसले बोल्ने ? सकुन्जेल जागिर खाने हो, नसकेको दिन छोडेर जानुको विकल्प छैन ।’   
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: