×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ओम डेभलपमेन्ट बैंकको नयाँ शाखा बौद्धमा

ओम डेभलपमेन्ट बैंक लिमिटेडले काठमाडौँको बौद्धमा नयाँ शाखा विस्तार गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले मंगलबार उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् । 
शाखा उद्घाटनको क्रममा बैंकका अध्यक्ष सुशिल कुमार गोशली र प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले बैंकका बिभिन्न गतिविधिहरुका बारेमा जानकारी गराए । मनास्लु विकास बैंकसँग मर्जरको लागि बिशेष साधारणसभाले स्वीकृति दिइसकेको र नेपाल राष्ट्र बैंकसँग संयुक्त कारोबार गर्न अन्तिम स्वीकृतिको लागि निवेदन पेश गर्ने तयारीमा रहेको जानकारी उद्घाटन समारोहमा दिइयो । मर्जरपछि बैंकले १०ः३ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय समेत गरेको बताइएको छ । 
शाखा उद्घाटनको अवसर पारेर बैंकले महिला उधमशीलताको विकासमा सहयोग पुर्याउने उद्देश्यले माइक्रोबस चालक रीता थापा मगरलाई सम्मान समेत प्रदान गरेको थियो । बैंकले हाल ३१ वटा शाखाहरुबाट १ लाख २५ हजार ग्राहकहरुलाई सेवा प्रदान गरिराखेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: