×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रहरीसँगको झडपमा पशुपति शमशेर घाइते, उपप्रधानमन्त्री थापा पनि धर्नामा

  • अर्थ सरोकार सम्वाददाता 

काठमाडौं – निर्वाचन आयोगको कार्यालय घेर्न पुगेका राप्रपा कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । यसक्रममा पार्टीका वरिष्ठ नेता पशुपति शमशेर जबरा सामान्य घाइते भएका छन् । उनको खुट्टामा चोट लागेको राप्रपाका सह(प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। यद्यपी उनी धर्नामै सहभागी छन् । अन्य केही घाइते भएका छन्। श्रेष्ठका अनुसार उनीहरुको वीर र मोडल अस्पतालमा उपचार भइरहेको छ । 

विधानबाट राजसंस्था र हिन्दूराष्ट्र शब्दावली हटाएको विरोधमा निर्वाचन आयोगको कार्यालय घेरा गर्न पुगेका राप्रपा कार्यकर्ताले सुरक्षा घेरा तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो । त्यसक्रममा प्रहरीले लाठीचार्ज गर्नुका साथै केही राउण्ड अश्रुग्याससमेत प्रहार गरेको छ। झडपपश्चात उपप्रधानमन्त्री कमल थापा पनि धर्ना दिन पुगेका छन् । थापा राप्रपा समेत हुन्  ।अहिले  स्थिति केही साम्य बनेको छ भने राप्रपाका नेता र कार्यकर्ताले सडकमै बसेर नाराबाजी गरिरहेका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: