×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल राष्ट्र बैंकको पाँच अर्ब रुपैयाँको विकास ऋणपत्र निष्कासन

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – नेपाल राष्ट्र बैंकले पाँच अर्ब रुपैयाँको विकास ऋणपत्र बोलकबोलमार्फत जारी गरेको छ । यो ऋणपत्र मंगलबार आज अपराह्न ३ बजे अनलाइन बिडिङ सिस्टमका माध्यमबाट बोलकबोल हुनेछ भने बुधबार निष्काशन गरिनेछ । यसमा ऋणको ब्याज भुक्तानी ६/६ महिनामा हुनेछ । ब्याजदर बोलकबोलमार्फत निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ । 
सात वर्षे अवधिको यस ऋणपत्र २०८० चैत ९ गतेसम्म साँवा फिर्ता हुनेछ । ऋणपत्र बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्थासहित नेपाली नागरिकले खरिद गर्न सक्नेछन् ।
२ वर्ष वा त्यसभन्दा बढी अवधिका लागि आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी वित्तीय उपकरण विकास ऋणपत्र हो । यस्तो ऋणपत्र नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागले दुई देखि १५ वर्षसम्मका लागि जारी गर्छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: