×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रिलायबलको साधारण सभा आर्मी अफिसर्स क्लबमा सुरु

  • अर्थ सरोकार सम्वाददाता 

काठमाडौं – रिलायबल डेभलपमेन्ट बैंकको ११ औं बार्षिक साधारण सभा भद्रकालीस्थित् आर्मी अफिसर्स क्लब अडिटोरियम हलमा ११ बजेदेखि सुरु भएको छ । सभामा रिलायबलले यसअघि १० औं बार्षिक  साधारण सभाबाट पारित भईसकेको १००% हकप्रद दिने निर्णयलाई फेरी खारेज गर्ने विशेष प्रस्ताव लैजादैछ ।

 ग्लोबल आइएमई बैंकसँग बिलय हुने तयारीमा रहेको यो बैंकले थप चुक्ता पुँजी आवश्यक नपर्ने भन्दै यसअघि निर्णय गरिएको १००५ हकप्रदलाई खारेज गर्ने प्रस्ताव पनि सभामा पेस गरेको हो ।

उता, हकप्रद ल्याउने निर्णय गरेर फेरि पछि हटेको भन्दै रिलायबलका अधिकांश सेयरधनी भने रुष्ट हुँदै आएका छन् । बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई २८.१४५ बोनस सेयर दिने प्रस्ताव पनि गरेको छ । हाल रिलायबलको चुक्ता पुँजी ८१ करोड ८२ हजार रुपैयाँ छ ।

 चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ६ करोड ६७ लाख तीन हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १६ रुपैयाँ ९२ पैसा रहेको रिलायबलको प्रतिसेयर नेटवर्थ भने १५७ रुपैयाँ १९ पैसा छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: