×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सगरमाथा फाइनान्सको टेन्डर भर्ने आज अन्तिम दिन

  • अर्थ सरोकार सम्वाददाता 

काठमाडौं – सगरमाथा फाइनान्सले लिलामीमा खुला गरेको सेयर भर्ने बुधबार अन्तिम दिन हो । यस आधारमा आज कार्यालय समयसम्म मात्र आवेदन दिन पाइनेछ । फाइनान्सले संस्थापक समूहको सात लाख २० हजार ३१८.८३ कित्ता सेयर र सर्वसाधारण समूहको एक लाख ६७ हजार १४४.१७ कित्ता सेयर गरी कुल आठ लाख ८७ हजार ४६३ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो । फाइनान्सले फागुन २६ गतेदेखि लिलामी सेयरको बिक्र खुला गरेको थियो । सगरमाथाले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सेयर लिलाम बढाबढका आधारमा बेच्न लागेको हो ।
लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी मूल्य तोकेर निवेदन दिनुपर्नेछ । यसअधि यो फाइनान्सले पुस ११ देखि माघ १७ गतेसम्म २९ लाख ५४ हजार तीन सय ८९ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । आवेदकले एनआइबीएल क्यापिटल मार्केट लिमिटेड लाजिम्पाट काठमाडौं तथा सगरमाथा फाइनान्स लिमिटेडको केन्द्रीय कार्यलय मानभवन ललितपुरबाट आवेदन फारम लिन र बुझाउन सक्नेछन् ।
सगरमाथाको बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट लिमिटेड हो । दुवै समूहको बोलपत्र चैत ४ गते दिउसो १ बजे कम्पनीको केन्द्रीय कार्यालय मानभवन ललितपुरमा खोलिनेछ । हाल सगरमाथाको चुक्ता पुँजी ३६ करोड ९२ लाख ९८ हजार रुपैयाँ छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सगरमाथाले पाँच करोड ६१ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ३० रुपैयाँ ४३ पैसा बार्षिकीकरण रहेको फाइनान्सको प्रतिसेयर नेटवर्थ भने १७२ रुपैयाँ ८३ पैसा रहेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: