×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सिद्धार्थ डेभलपमेन्ट बैंकले पायो हकप्रद सेयर निष्काशन गर्ने अनुमति

सिद्धार्थ डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद सेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । जनता बैंकमा गाभिने सम्झौता गरेको बैंकले ६० प्रतिशत अर्थात १० बराबर ६ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हकप्रद निष्काशनको अनुमति माग गर्दै सिद्धार्थले गत फागुन १८ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो ।
सिद्धार्थले एक सय रुपैयाँ अंकित दरमा ८५ करोड १५ लाख पाँच सय ६० रुपैयाँ बराबरको ८५ लाख १५ हजार पाँच दशमलव ६० कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । बैंकको सत्रौं बार्षिक साधारणसभाले सेयरधनीलाई २४ प्रतिशत बोनसपछि कायम चुक्ता पुँजीको ६० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।
हाल सिद्धार्थ डेभलपमेन्ट बैंकको चुक्तापुँजी एक अर्ब ४१ करोड ९१ लाख रहेको रुपैयाँ छ । ६० प्रतिशत हकप्रद पश्चात बैंकको चुक्ता पुँजी दुई अर्ब २७ करोड नाघ्नेछ । चालू आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर जारी गरेर सजिलै अढाई अर्ब चुक्तापुँजी पुर्याई राष्ट्रिय स्तरको विकास बैंकको रुपमा कायम रहन सक्ने भएर पनि सिद्धार्थले जनता बैंक लिमिटेडसँग एक्विजिसन सम्झौता गरेको छ । जनता र सिद्धार्थबीच गत बुधबार एक्विजिसन सम्झौता भएको हो । यसअघि नै त्रिवेणी विकास बैंकलाई एक्वायर गर्ने सम्झौता गरेको जनता बैंकले सिद्धार्थलाई पनि एक्वायर गरेपछि आठ अर्ब चुक्तापुँजी सजिलै पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: