×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

स्ट्यान्डर्ड चार्टर्डको एफपिओमा आवेदनको ओइरो

  • अर्थ सरोकार सम्वाददाता 

काठमाडौँ – स्ट्यान्डर्ड चार्टर्ड बैंकले मंगलबारदेखि निष्कासन गरेको एफपिओमा पहिलो दिन एक अर्ब चार करोड रुपैया बराबरको आवेदन परेको छ । करिव दश हजार आवेदन मार्फत उक्त रकम बराबरको आवेदन परेको एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रिजेश घिमिरेले बताए । 
बैंकले १०० रुपैयाँ अंकित दरमा ११ सय ९० रुपैयाँ प्रिमियम थपेर शेयर निष्कासन गरेको हो। बैंकले कुल २५ लाख ५८ हजार १४० कित्ता एफपिओ निष्कासन गरेको छ । कम्तिमा १० कित्ता र बढीमा २५ हजार ५८० कित्तासम्म आवेदन दिन पाइन्छ । बैंकको एफपिओमा चैत ४ गतेसम्म आवेदन दिन सकिने घिमिरेले बताए ।
बैंकको शेयर आफ्नो खाता रहेको बैंकबाट आस्वा प्रणाली र पुरानै शैलीमा  आवेदन दिन सकिने घिमिरेले जनाएका छन् । ईक्रा नेपालको रेटिंङमा बैंकले टु प्लस पाएको छ । यस्तो रेटिंङले  बैंकको शेयर औसतभन्दा राम्रो देखाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: