×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेयर बजार बढ्ने क्रमले पायो निरन्तरता,३७.८५ अंकले बढ्यो नेप्से

  • अर्थ सरोकार सम्वाददाता 
काठमाडौं – सेयर बजारको उछालले मंगलबार पनि निरन्तरता पाएको छ । सेयर निकै सस्तो भएपछि किन्न केही ठूला र संस्थागत लगानीकर्ता अग्रसर भएपछि बजारले नयाँ मोड लिएको हो । भाउ बढेपछि साना लगानीकर्ता पनि सेयर किन्न पछिपछि दौडिएका हुन् । सोमबार ४२ अंकले बढेको बजार मंगलबार पनि ३७.८५ विन्दुले उक्लिंदा नेप्से सूचक १४६२.२३ विन्दुमा आइपुगेको छ ।
 सूचकसँगै कारोबार रकममा थप तेजी आएको छ । १४७ कम्पनीको एक अर्ब ४२ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । यो कारोबार रकम निकै उत्साहप्रद हो । कारोबार रकम भारीमात्रामा बढ्नुले भने थप आशा जगाएको छ । तीन दिन लगातार बजार बढिरहँदा पनि विश्लेषकहरुले बजारको स्थायित्व र गतिका बारेमा यकिन बताउन सकिरहेका छैनन् ।
अझै एकदुई दिनको कारोबार रकम र सूचक अध्ययन गरेरमात्र बजार दीर्घकालमा कता जान्छ भनेर बताउन सकिने उनीहरुको भनाई  छ । जे होस् लगातारजसो ओरालो लागेको बजारबाट निराश भएका लगानीकर्तालाई भने अहिलेको वृद्धिले अवश्य पनि राहत चाहिँ दिएको छ ।
यस दिन कुल २२ लाख ३४ हजार ५३ कित्ता सेयर कारोबार भएको छ । स्थानीय निकाय निर्वाचन हुने आशा लगानीकर्तामा छ । यसबाहेक बजार बेस्सरी घटेका बेला किन्ने र बढ्दा बेचिहाल्ने अल्पकालीन कारोबारीको संख्यामा पनि बढोत्तरी भएको छ । चैत महिना सुरु भएसँगै विस्तारै सेयर किन्ने सिजन पनि सुरु हुन्छ । तेस्रो त्रैमासको रिपोर्ट आउने दिन नजिकिंदै जाँदा लगानीकर्ता केही उत्साहित भएको अनुमान छ ।
बैंकले पनि ठूला लगानीकर्तालाई अल्पकालीन अवधिका लागि कर्जा उपलब्ध गराएको कतिपयको भनाई छ । यी पक्षहरुले सेयर बजार बढोत्तरीमा सहयोग पुर्याएको हो । यद्दपि, अझै पनि बैंक ब्याजदर घटेको छैन । सहज तरिकाले बैंकले सेयर कर्जा पनि दिएको छैन । सेयर आपूर्ति थप बढ्दोक्रममै छ । यसतर्फ पनि लगानीकर्ताले ख्याल गर्नुपर्ने देखिन्छ ।
 मंगलबार पनि बिमा समूहले नै लगानीकर्ता तानेको छ । बिमा सूचक १०८.४ विन्दुले माथितिर लागेको छ । यसबाहेक विकास बैंक समूह ७६.३४ विन्दुले बढेको छ भने वाणिज्य बैंक समूह ३९.४७ अंकले माथि गएको छ । उत्पादनमूलक समूह स्थिर छ भने बाँकी सबै उपसमूहका सूचक बढेका छन् । कारोबार रकममा नेसनल लाइफ इन्सुरेन्स कम्पनीले बाजी मारेको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः भने नेपाल क्रेडिट एन्ड कमर्स बैंक र नेपाल लाइफ इन्सुरेन्स परेका छन् ।
  कारोबार रकमका आधारमा प्रमुख १० कम्पनी 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: