×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

उर्जाले पायो चार अर्बभन्दा बढीको लगानी प्रतिबद्धता, छिट्टै आयोग छनोट हुने

  • अर्थ सरोकार सम्वाददाता 

काठमाडौं – नेपालको पानी जनताको लगानी भन्ने नाराका साथ ऊर्जा मन्त्रालयले अगाडि सारेको अभियानमा हालसम्म रू चार अर्ब चार करोड बराबरको प्रतिबद्धता प्राप्त भएको छ ।
मन्त्रालयका अनुसार हालसम्म २९ हजार २ सय ८४ जनाले लगानीका लागि प्रतिबद्धता व्यक्त गरेका छन् । व्यक्तिगत रुपमा रू. तीन अर्ब ३८ करोड २४ लाख ४२ हजार ८ सय २५ लगानी गर्ने प्रतिबद्धता आएको छ । यस्तै, कुल ३८ कम्पनी तथा सङ्घसंस्थाले रू.६५ करोड ८१ लाख ७५ हजार बराबरको प्रतिबद्धता व्यक्त गरेका छन् । हालसम्म प्राप्त भएको प्रतिबद्धताअनुसारको रकमबाट १ सय मेगावाटदेखि १५० मेगावाटसम्मको आयोजना निर्माण गर्न सकिने ऊर्जा मन्त्रालयले बताएको छ ।
लगानीको प्रतिबद्धता जनाउन र मुलुक निर्माणको महाअभियानमा सहभागी हुन ऊर्जा मन्त्रालयले आम नागरिक तथा सङ्घसंस्थालाई आग्रह गरेको छ । मन्त्रालयले केही दिनभित्रै एउटा आयोजना छनोट गर्ने र अझै ठोस रुपमा लगानी परिचालन गर्ने तयारी गरिएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: