×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

तीन बैंकमा रोजगारीको अवसर

बैंकिङ क्षेत्रमा करिअर बनाउने सोच बनाएका नेपाली नागरिकहरुका लागि समयसमयमा अवसरहरु आइरहेका छन् । त्यस्तै, अवसर अहिले तीन वटा बैंक तथा वित्तीय संस्थामा छ ।

कैलाश विकास बैंक लिमिटेडले केही संख्यामा अफिसर/जुनियर अफिसर लेभलको सीए/एसीसीए र केही संख्यामा प्रशिक्षार्थी एसिस्टेन्ट माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले ५ अप्रिल अर्थात चैत्र २३ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । आवेदन दिने व्यक्ति ३५ वर्ष ननाघेको हुनुपर्नेछ ।

त्यस्तै, सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडमा जागीर खुलेको छ । संस्थाले दुई जना वरिष्ठ सहायक शाखा प्रमुख माग गरेको छ। इच्छुक र योग्य नेपाली नागरिकलाई यही चैत्र २४ गतेभित्र एप्लाई गरिसक्न आह्वान गरिएको छ ।

यता, कृषि विकास बैंकले व्यवसाय अधिकृत, अधिकृत स्तर तृतीय श्रेणीका कुल ४० जना कर्मचारी माग गरेको छ ।

आफ्नो योग्यता र इच्छाअनुसार तपाईँले कुनै पनि बैंक तथा वित्तीय संस्थामा आवेदन दिन सक्नुहुनेछ । 

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: