×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अख्तियारले काट्यो राष्ट्र बैंकलाई पत्र : जनता ठग्ने सिनर्जी फाइनान्सका सीइओको पद धरापमा !


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – सिनर्जी फाइनान्सका सीइओ विनितमणि उपाध्यायको पद धरापमा परेको छ । बैंकिङ कसुरमा जेल परेका व्यक्तिलाई संस्थाको सीईओ बनाएर जनाताकको करोडौं पैसामाथि जोखिम बढेको भन्दै अर्थ सरोकार डटकमले निरन्तर फलोअप समाचार प्रकाशन गरेपछि फाइनान्समा सीइओको कार्यप्रति असन्तुष्ट रहेका केहि कर्मचारीहरु र सिनर्जीको साधारणसभामा असन्तुष्टी पोखेका तर सुनुवाई नभएका केहि सेयर होल्डरहरु अख्तियार पुगेका थिए । 
त्यसपछि अख्तियारले नेपाल राष्ट्र बैंकलाई पत्र काटी के कसो भएको हो बुझी कारवाही प्रक्रिया अगाडी बढाउन र त्यसको जानकारी अख्तियारमा बुझाउनु भनी पत्र काटेपछि यस्तो अवस्था आएको हो । आफुले पटक-पटक यस विषयमा कुरा उठाएको र नेपाल राष्ट्र बैंकमा समेत उजुरी गरेको भएपनि राष्ट्र बैंककै कर्मचारीसँग साँठगांठ गरेर फाइनान्सका सीईओ विनितमणि उपाध्यायले आफ्नो कर्तुत लुकाउन खोजेको भन्दै उनीहरुले अख्तियारको ढोका ढकढकाएका थिए ।

के हो सीइओ विनितमणि उपाध्याय काण्ड ?
हाल सिनर्जी फाइनान्स कम्पनीमा सीइओ रहेका बिनितमणि उपाध्याय विगतमा वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी घोटाला प्रकरणमा जेल परेका व्यक्ति थिए । एक पटक जेल परिसकेका व्यक्तिलाई पुन: फाइनान्सको सीइओ बनाएर जनताको पैसा रिस्कमा राखेको सेयरहोल्डरहरुको आरोप छ । यता उनी पुन: बैंकलाइ डुबाउन लागि परेको, कमिसन लिएर ऋण प्रवाह गर्ने गरेको लगायतका आरोपहरु फाइनान्सकै कर्मचारीहरुले लगाउने गरेका छन् ।  उनले फाइनान्सको करोडौं रुपैयाँ घोटाला गरेर बिगतमा झैं अर्को लफडा गर्न खोजेको भन्दै फाईनान्सभित्रकै कर्मचारी रुष्ट हुन थालेका छन् ।


जताततै घोतालै घोटाला !  यसरी रिहा भएका थिए उपाध्याय…
सिनर्जी फाइनान्सका सीइओ रहेका उपाध्याय विरुद्ध अख्तियारमा करोडौं रुपैयाँ घुस खाएको, बैंक तथा वित्तीय संस्था ऐन विपरित काम गरेको लगायतका आरोपहरुसहित उजुरी परेको थियो । हाल सिनर्जी फाइनान्स लिमिटेडका सीइओ रहेका उपाध्याय तत्कालीन वल्र्ड मर्चेन्ट फाइनान्समा सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दुबै पदमा रहेका उपाध्याय उक्त फाइनान्स घोटाला प्रकरणमा पक्राउ परेर जेलसमेत बसेका थिए ।  उनलाई करोडौं रुपैयाँ घोटाला गरेको अभियोगमा जेल हालिएको थियो ।

वल्र्ड मर्चेन्ट फाइनान्समा कार्यरत रहँदा उपाध्याय, ज्ञानेन्द्र श्रेष्ठ र सोही फाइनान्सका पूर्वप्रमुख कार्यकारी अधिकृत रञ्जित कोइरालासमेतले आठ करोड रुपैयाँभन्दा बढी घोटाला गरी बैकिङ कसुर गरेको अभियोग लागेको थियो । यस्तो गम्भीर प्रकृतिको अभियोग लागेका कोइरालाले घटना सार्वजनिक भएलगत्तै देश छाडेका थिए । तत्पपश्चात् केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले वल्र्ड मर्चेन्ट प्रमुख कार्यकारी उपाध्याय र श्रेष्ठलाई बैंकिङ कसुरको अभियोगमा काठमाडौंको पुतलीसडकबाट पक्राउ गरेको थियो ।

केही समय सीआइबीको हिरासतमा बसेका उपाध्याय अदालतले मागेको धरौटी बुझाएर रिहा भएका थिए । उक्त घटनापश्चात् बैंकिङ क्षेत्रबाट पलायन भएका उपाध्याय केही समय दुबईमा गएर समेत बसेका थिए । नेपाल फर्केलगत्तै फाइनान्सको वित्तीय अवस्थामा सुधार ल्याउने प्रतिबद्धतासहित सिनर्जीको सञ्चालक समितिलाई प्रभावमा पारेर फाइनान्स प्रवेश गरेका उपाध्याय अहिले पनि सिनर्जीलाई धराशायी बनाउने गम्भीर खेलमा लागेको श्रोतको दाबी रहेको छ ।


सिनर्जी फाइनान्सको यस्तो प्रतिक्रिया 
यस बिषयमा बुझ्न हामीले फाइनान्समा  सम्पर्क गरेका थियौं । सुचना अधिकारी भन्दै फोन फाइनान्सकि कर्मचारी सिता चित्रकारलाई पास भयो । तर हाम्रो प्रश्न सुन्ने बितिकै उनले आफु संस्थाको सुचना अधिकारी नभएको बताइन् । त्यसपछि हामीले फाइनान्सका सुचना अधिकारी को हुन् भनेपछि, उनले भनिन्, ‘ल ल मै भएपनि यो कुरा हामीलाई थाहा हुन्न । हामी त कर्मचारी मात्र हो । उहाँ जेल पर्नुभएको कुरा हामीलाई थाहा छैन । यो त बोर्डले हेर्ने कुरा हो । हामी के नै भन्न सक्छौं र ?’ यसअघि पनि हामीले फाइनान्समा सम्पर्क गर्दा ठिक यस्तै भएको थियो । बैंकको सुचना अधिकारी बताउने कर्मचारीले पनि यसरी प्रश्नबाट भाग्न खोज्नुले बैंकभित्र सीइओको कुरालाई लिएर कति लफडा छ भन्ने स्पष्ट हुन्छ ।

हामी यस विषयमा निरन्तर फलोअपमा छौं ।   

यो पनि पढ्नुहोस् :
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: