×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

करोडपतिका पाकेटमार ज्वाईँ ! जसको यस्तो रहेछ पाकेटमारी गर्ने ‘टेक्निक’ !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – करोडपति परिवारका ज्वाईं लामो समयदेखि पाकेटमारी काममा संलग्न भएको खुलासा भएको छ। आईतबार साँझ कोटेश्वर प्रहरीले तिनकुनेबाट नियन्त्रणमा लिएको सिमीयोन तामाङ्ग र सुमन तामाङ्ग हुनेवाला परिवारको ज्वाइ भएर पनि पकेटमारी काममा संलग्न भएको खुलासा भएको हो। 
काठमाडौं महानगरपालिका–१९ स्थायी घर भएका सिमियोन तामाङ्ग र काभ्रेको पनौती स्थायी घर भएका सुमन तामाङ्ग विगत लामो समयदेखि कोटेश्वर–माईतिघर रुटमा पाकेटमारा धन्दा गर्दै आएको प्रहरी स्रोतको भनाई छ ।
पनौति नगरपालिका–२ का सुमनले धनाढ्य परिवारकी छोरी विवाह गरेका छन् । प्रहरीका अनुसार सिमियोन र सुमन बुलेट मोटरसाईकल चढ्थे । तिनकुनेबाट एउटा साथी सार्वजनिक गाडीमा पाकेट मार्न चढेपछी बुलेट मोटरसाईकलले गाडीलाई पछ्याउँथ्यो, काम सकिएपछि ओर्लेर बुलेट चढेर हिँड्थे । दिनमा करिब दुई घण्टा मात्र पाकेट मार्ने उनिहरुको रुटिन थियो ।
सुराकीको आधारमा पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा राखिएको छ । पाकेट मारेर दैनिक २० हजार सम्म कमाउने सिमीयोन र सुमनको आर्थिक हैसियत निकै माथि उठीसकेको प्रहरीले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: