×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समाचार आएपछि देउवाको प्लान चट् !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ चैत्र २०७३, मंगलवार

PRIME CA
laxmi sunrise bank

समाचार आएपछि देउवाको प्लान चट् !

काठमाडौँ । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवटारमा भेट भयो । मधेसी मोर्चाले सरकारबाट समर्थन फिर्ता लिएपछि उनीहरू दिनहुँजस्तो सबैलाई समेटेर निर्वाचन कसरी गर्ने भन्ने विकल्प खोज्न छलफलमा बसेका थिए । मोर्चाले समर्थन फिर्ता लिने निश्चित भएपछि प्रचण्ड र देउवाको सहमतिमा स्थानीय विकासमन्त्री हितराज पाण्डेलाई फिर्ता बोलाउनेदेखि मन्त्रालय हेरफेर समेत गरियो । 
हितराजको ठाउँमा राप्रपाका अध्यक्ष कमल थापालाई राखेर चुनाव गर्ने मनोबल त सरकारमाथि बढ्यो नै तर त्यतिले मात्रै चुनावव हुने निश्चित नभएपछि प्रचण्ड र देउवाले फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई सरकारमा ल्याउनेबारे छलफल थाले । बारम्बार बालुवाटार र बुढानिलकण्ठमा भएको छलफलपछि गच्छदारलाई सरकारमा ल्याउने निश्चित त भयो तर कांग्रेस र माओवादीका मन्त्रीहरूले हितराजले जसरी खुरूक्क मन्त्री पद छाड्न मानेनन् । 
गच्छदारले उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात र स्वाथ्य मन्त्रालय मागेपछि प्रचण्ड र देउवाले लगभग सहमति जनाएका थिए । स्रोतका अनुसार गच्छदारले मागेकै मन्त्रालय दिएर भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकलाई कानुन, न्याय तथा संसदीय मामिला, र स्वाथ्यमन्त्री गगन थापालाई बिनाविभागीय मन्त्री बनाउने र केही समयभित्र एकखाले निर्णय गर्ने प्रचण्ड देउवाको तयारी थियो । मन्त्री लेखक कानुन मन्त्रालयमा जान राजी भएको खण्डमा कानुनमन्त्री अजय शंकर नायकलाई पुशपन्क्षी विकास मन्त्री बनाउने प्रधानमन्त्रीको तयारी थियो । यसरी अघि बढ्दा कुरा मिल्ने देखिएपछि प्रचण्ड देउवाले आआफ्ना पार्टीका मन्त्रीलाई परिस्थितीबारे बुझाउने र कुरा मिलाउने जिम्मा लिएका थिए । 
तर देउवाले लेखकसँग छलफल थाल्दै गर्दा एक दैनिक पत्रिकामा समाचार आयो, ‘गगनको गति रोक्ने प्रयास सुरू’ । गगन थापालाई सरकारबाट फिर्ता बोलाउनेबारे छलफल चलिरहँदा थापाले पत्रिकामा समाचार छपाएपछि वातावरण बिग्रेको थियो । जनप्रहार साप्ताहिकमा खबर छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: