×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेयर बजार छोडेर एमालेको राजनीतिमा किन होमिए दुर्गा प्रसाद ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – दुर्गा प्रसाद काफ्ले । नेपाली सेयर बजारका लगानीकर्ताहरुका लागि यो नाम नौलो होइन । बजार १२०० घट्छ भन्ने रटान लगाएर लगानीकर्तालाई सजग बनाएको दावी गर्ने यी पात्रको नाम सुन्ने बितिक्कै कन्सीरी तात्नेहरुपनि मनग्य छन् । कतिले दुर्गाप्रसाद काफ्लेले भनेको मिलेको भन्दै उनलाई ‘हिरो’ सम्झन्छन् भने कतिले सेयर बजारका ‘यमराज’ नै भनेर गाली पनि गर्छन् । 
यिनै कतै प्रख्यात, त कतै कुख्यात पात्र दुर्गाप्रसाद काफ्ले बजारमा उछाल आउँदा के गर्दै होलान् भन्ने पाठकको व्यापक जिज्ञासा आएपछि हामीले उनलाई सम्पर्क गर्यौं । आखिर के गर्दैछन् त दुर्गाप्रसाद ?
‘के छ दुर्गा जी ? बजार त माथि गयो त !’ बुधबार विहान हामीले फोन गर्दा उनले सिधा जवाफ दिए, ‘सधैं घटेर पनि त भएन नि ! अलि अलि बढ्नु परिहाल्यो नि ! त्यसमाथि त्यत्रा खेलाडीले खेल खेलेपछि बजार बढी हाल्छनि ! अब केहि समय बढ्छ बढेको बजारमा ठुला खेलाडीले बेच्छन् । फस्ने उही साना लगानीकर्ता त हुन् नि !’ 
‘है ! त्यस्तो पो हो है ! खैर अरु के छ दुर्गा जी ?’ हामीले सोध्यौं । उनले हाम्रो प्रश्नको जवाव दिंदै आफुले सेयर बजार छोडेर नेकपा एमालेको राजनीतिमा लागेको खुलासा गरे । ‘देश राजनीतिक रुपमा बलियो हुनुपर्छ । अर्थतन्त्र मजबुत हुनुपर्छ । मैले सेयर लगानीकर्ता लाइ त सजग गराएँ नै, अव यो कुरा केन्द्रमा पुर्याउँछु।’ उनले भने । उनका अनुसार उनलाई अहिले नेकपा एमाले नवलपरासी नवलपुर जिल्ला समितिलेले जिल्ला समिति सदस्य बनाएको छ । 
‘अव मेरो अभियान भनेको नै समृद्ध नेपाल, सुखी नेपाल हो ।’ उनले भने । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले आफु भ्रष्टाचार विरुद्ध लाग्ने र कालो धनको छानविन हुनुपर्ने एजेन्डा लिएर अगाडी बढ्ने समेत दावी गरे ।    

उनको कुरा सुनेपछि हामी पनि बस् यति न भन्न सक्छौं, ‘दुर्गाजीको राजनीतिक करियर सफल रहोस् ! शुभकामना!’

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: