×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

खानुहोस् यी ५ खानेकुरा, चश्मा कहिल्यै लगाउनु पर्दैन !

काठमाडौँ – विश्वभरीकै ट्रेन्ड हेर्ने हो भनेपनि सबैभन्दा चांडो समस्या आउने अंग हो आँखा । यहि ट्रेन्डका कारण विश्वभरका करोडौं मानिस आँखाका रोगी छन् भने धेरैले चस्माको प्रयोग गर्ने गरेका छन् । तर समयमै खाने कुरामा विशेष ध्यान दिने हो भने चस्मा लगाईरहनु पर्दैन । 

एक रुसी चिकित्सकले लेखेको पुस्तक, ‘माइन्ड योर आइज’ का अनुसार खाने कुरामा ध्यान दिने हो भने आँखाका अधिकांस समस्या निको हुनछन् । कम्प्युटरमा बढी काम गर्नेहरुले त झन् आँखालाई विशेष ध्यान दिनुपर्छ । सधै स्वस्थ्य राख्नको लागि भिटामिन र अरु पोषक तत्वयुक्त खाना खाने गर्नुपर्छ । 

१) हरियो सागसब्जी र फलफुल


हरियो सागपात बढी खाए आँखा तेज हुन्छ । तर कहिलेकाहीं नभई हरियो सागपात र पहेंलो फलफुलको दैनिक खानुपर्छ । यसले हाम्रो आँखालाई चाहिने पोषक तत्व प्रदान गर्दछ । हरियो तरकारी र फलफुलमा पाइने ‘केरोटीनाइड’ नामक तत्वले आँखाको भित्री भागलाई स्वास्थ्य राख्दछ । 
२) भिटामीन युक्त खानेकुराः 
हुन त भिटामिन शरीरका प्राय अंगहरुलाई चाहिन्छ । तर आँखाका लागि भिटामिनयुक्त खानेकुराहरु बढी खानुपर्छ । भीटामीन ए, बी,सी र ई युक्त खानेकुरा बढि खानाले आँखामा राम्रो असर पार्छ । यस्तो खाना खानाले आँखा स्वास्थ्य त हुन्छनै, यसले आँखामा हुने मोतियाबिन्दुबाट पनि सधैका लागि मुक्त बनाईदिन्छ । 
३) नियमित भिजाएको बदाम र थोरै काजु  
बदाम आँखाका लागि निकै राम्रो खानेकुरा हो । राती बदामलाई पानीमा भिजाएर, बिहान उठेर खाने गर्नाले पनि आँखालाई धेरै फाइदा हुन्छ । बदामका अलावा काजुलेपनि आँखालाई निकै फाइदा गर्छ । तर काजु एकैपटक धेरै खानु हुँदैन । थोरै तर नियमित काजु वा बदाम खानाले आँखालाई निकै राम्रो गर्छ ।  
४) माछाः 
माछा आँखाको लागि अर्को उपयोगी खाने कुरा हो । माछामा ‘ओमेगा ३ फ्याटी यसिड’ नामक तत्व पाईने हुँदा यसले आँखालाई धेरै फाईदा पुर्याउँदछ । यसले आँखाको ज्योति राम्रो र ताजा बनाइराख्न अझ मद्धत गर्दछ । तर माछा खाँदा पनि ध्यान दिनुपर्छ । धेरै अगाडी मारेको माछा  फर्मालिन हालेर ताजा बनाउने प्रयास गरिएको समेत पाइन्छ । त्यस्ता माछा खाँदा ध्यान दिनुपर्छ ।  
५) कुखुराको अण्डा 
कुखुराको अण्डामा ‘ल्यूटिन व जीजेथिन्’ नामको तत्वबाट क्यारोटिनायड्सको निर्माण हुन्छ ।  र यसले आँखाको कोषलाई धेरै फाईदा पुर्याउँदछ । त्यसैले दिनको एउटा अण्डा खानाले आँखा स्वास्थ रहन्छ ।
यी ५ कुराहरु नियमित वा सकेसम्म बढी खाएको खण्डमा चस्मा लगाउनुनपर्ने र लगाउनेहरुलाइ पनि आँखामा निकै राम्रो फाइदा पुग्ने हुन्छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: