×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सावधान ! फेसबुके साथीको भर हुँदैन : यसरी ठगिन्छन् फेसबुकबाट !

महानगरीय अपराध महाशाखाले १२ फागुनमा वैदेशिक रोजगार व्यवसायी प्रेम कटुवाललाई पक्राउ गर्‍यो । कटुवाल पक्राउको कारण धेरैका निम्ति जति अचम्मको विषय थियो, त्यति नै उनलाई लागेको अभियोग । आजको कान्तिपुरमा खबर छ।
सामाजिक संजाल फेसबुकमार्फत अनेकन आश्वासन दिएर पैसा असुल्ने अन्तर्राष्ट्रिय गिरोहमा कटुवाल संलग्न रहेको महाशाखाको आरोप थियो । कटुवाल पक्राउपछि सामाजिक संजाल र अन्य प्रविधिको प्रयोग गरेर लाखौं रुपैयाँ असुल गर्ने प्रवृत्ति सतहमा आएको छ ।
तर यस्तै प्रकृतिको मुद्दामाथि निरन्तर अनुसन्धान गरिरहेको अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्युरोका निम्ति यी दुवै नयाँ र नौला कुरा होइनन् । केन्द्रीय अनुसन्धान ब्युरोले साउन यता आठ महिनामा मात्रै भर्चुअल ठगीमा संलग्न पाँच फरक घटनाको अनुसन्धान गरिरहेको छ । ब्युरोका अनुसार ती ठगीमा मात्रै पीडितहरुले ६४ लाख रुपैयाँ गुमाएको देखिन्छ । महानगरीय अपराध महाशाखामा पनि यही अवधिमा यस्तै प्रकृतिका सात ठगीका घटना दर्ता भएका छन्, जसमा पीडितले ७० लाख रुपैयाँ गुमाएका छन् ।
महाशाखाकी प्रवक्ता एसपी मीरा चौधरी भन्छिन्, ‘सामाजिक संजालको प्रयोगमार्फत हुने ठगीका घटना सरुवा रोगझैं गाउँ–गाउँसम्म फैलिदैं छ । अस्ट्रेलियन नागरिक हेन उल्ग्यान र भ्यालेन्टाइन उल्ग्यानले फेसबुकमा पठाएको फ्रेन्डरिक्वेस्ट काठमाडौंकी एक गृहिणीले स्वीकार गरिन् । त्यही फेसबुके मित्रता विस्तारै संवादमार्फत निकटतामा परिणत भयो ।
अस्ट्रेलियन दम्पतीले एक दिन कुरैकुरामा ती युवतीलाई भने, ‘तिमीलाई दुई आइफोन, ८५ हजार पाउन्ड र ल्यापटप उपहार पठाएका छौं ।’ यस्तो खबर आएको केही दिनमै ती युवतीलाई भारतीय नम्बरबाट फोन आयो । भारतीय युवतीले भनिन्, ‘तिमीलाई पठाएको उपहार भारत आइपुग्यो, त्यसलाई भन्सार छुटाउन ७५ हजार चाहियो ।’
युवतीले उपहारको लोभमा दायाँ–बायाँ केही नसोची रकम पठाइदिइन् । ती युवतीले उपहारको लोभमा चार पटक गरेर ७ लाख ४२ हजार रुपैयाँ भारतीय युवतीले भनेका फरक फरक बैंक खातामा हालिरहिन् । तर न उनको उपहार आयो त अस्ट्रेलियन दम्पती नै जवाफदेही बने । महाशाखाले यो र यस्तै ठगीको घटनाको तारमा कटुवालको संलग्नता देखाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: