×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राशिअनुसार तपाईंलाई जागिर फाप्छ कि व्यापार ?

काठमाडौँ – कुनैपनि काम थाल्नुअघि ज्योतिषशास्त्र अनुसारको ठाउँ र समय हेर्ने चलन पूरानो हो । यसो त ज्योतिषशास्त्र एउटा अनौठो विज्ञान हो जसलाई सारा विश्वले कुनै न कुनै रुपमा स्वीकारेको छ । तपाईंको राशी अनुसार काम नगर्दा कतिपय अवस्थामा तपाईं असफल पनि हुन सक्नुहुनेछ । पढाइका लागि कुनै विषय छान्दा होस्, वा कुनै व्यापार गर्दा कुन राशिलाई कुन जागिर वा व्यापार फाप्छ त ? हामीले बरिष्ट ज्योतिषहरुसँग गरेको कुराकानीका आधारमा निष्कर्ष निकालेका छौं । हेरौं कुन राशीलाई कुन जागिर वा व्यापार फाप्छ । 
मेष : यो राशि भएका व्यक्तिलाई व्यापारका तुलनामा जागिर फाप्छ । बास्तुसँग सम्बन्धित काम गर्दापनि मेष राशिलाई फाइदा हुन्छ । सरकारी क्षेत्रमा रार्मो गर्न सक्ने यो राशिले फलामको काम गर्नु हुँदैन । यो राशिको शुभ रङ्ग रातो हो । रातो कपडा लाएर काम गर्ने यो राशिका व्यक्ति सफल हुन्छन् । यो राशिका मानिसले मुसुरोको दाल साइत हेरेर दान गर्नु शुभ मानिन्छ । 
वृष : यो राशिभएकाहरुलाई कलाकारिता फाप्छ । व्यापार गर्ने यो राशिका मानिसहरुले गाडीका पाठपूर्जा, इलेक्ट्रिक सामानको व्यापार, वा चलचित्र वा सङ्गीतसंग सम्बन्धित व्यापार गर्यो भने निकै फाप्छ । सेतो रङ्ग यो राशिको शुभ रंग हो । किरानाको व्यापार पनि फाप्ने यो राशि भएका व्यक्तिहरुले हरियो कपडा हत्तपत्त प्राय: गर्नु हुन्न ।  यो राशिलाइ पनि समग्रमा जागिर नै फाप्छ । 
मिथुन: यो राशि भएका व्यक्तिहरुले जागिर नै गरेको राम्रो हुन्छ । शुभ रंग हरियो भएको यो राशिका व्यक्तिहरु कला क्षेत्रमा निकै राम्रो हुन्छन् । यिनीहरुले अध्यापन क्षेत्रमा निकै राम्रो गर्न सकछन् । यी राशि भएका व्यक्तिहरुले एकाउन्ट, फाइनान्स वा गणित विषय लिंदा धेरै राम्रो हुन्छ । व्यापारका हिसावले यो राशिका मानिसहरुलाई कृषिजन्य सामाग्री वा कृषिको व्यापार निकै फाप्छ । 

कर्कट : यो राशि भएका व्यक्तिले जागिर भन्दा व्यापार नै गरेको रार्मो । जलीय वस्तु, सख्खर, चामल, चाँदी, शिक्षण, वस्त्र, स्त्रीको कपडा, रेशम, सौन्दर्य सामाग्री, रंग, लगायतका बस्तुको कारोबार गर्दा यो राशिलाई फाइदा हुन्छ । जागिर नै गर्ने हो भने बैंकिङ क्षेत्र राम्रो छ । यो राशिका मानिसका लागि बैदेशिक रोजगारी निकै फाप्छ ।
सिंह : यो राशिका व्यक्तिलाई जागिर नै फाप्छ । यो राशि भएका व्यक्तिले बसेर गर्ने काम गर्दा फाइदा हुन्छ । लेखापाल, कम्प्युटरको काम आदि बसेर गरिने काम गर्दा यो राशि भएका व्यक्तिलाई निकै फाप्छ । यो राशि भएका व्यक्तिले व्यापार नै गर्ने हो भने कपडाको व्यापार गर्दा राम्रो हुन्छ । 
कन्या : गणेश भगवानको पूजा आराधना गरेर कुनै पनि काम गरे यो राशिलाई फाइदा हुन्छ ।  कन्या राशि भएका व्यक्तिलाई जागिरको तुलनामा व्यापार नै फाप्छ । चिनीजन्य बस्तुको व्यापार गर्दा यो राशिलाई निकै फाइदा पुग्छ । 
तुला : यो राशिलाई जागिर बढी फाप्छ । यो राशि भएका व्यक्तिले अभियन, संगीत, सेना, व्यवस्थापन, कानून, बैंक, बिमा, फाइनान्स, मेसिनरी र कम्प्युटरको काम गर्दा निकै राम्रो हुन्छ । व्यापार नै गर्ने हो भनेपनि यहि क्षेत्रसंग सम्बन्धित काममा हात हाले फाइदाजनक हुन्छ । 
वृश्चिक : यो राशि भएका व्यक्तिलाई जागिर बढी फाप्छ । रक्षा, कानून, सामाजिक सेवा, राजनीति क्षेत्र यो राशिलाई फाप्छ । रातो रंग शुभ रंग भएको यो राशिका व्यक्तिहरुलाइ सरकारी जागिर पनि निकै फाप्छ । 
धनु : सुनचाँदीको व्यवसाय, किराना, सामाजिक सेवा, अध्यात्म गुरु, म्यानेजर लगायतका काम गर्दा यो राशिलाई निकै राम्रो हुन्छ । यो राशिलाई पनि जागिरभन्दा व्यापार राम्रो हुन्छ । व्यापारमा पनि ठेक्कापट्टामा लाग्ने हो भने यो राशि भएका व्यक्तिले निकै राम्रो आम्दानी गर्छन् । 
मकर : यो राशिलाई पनि प्राय : व्यापार नै फाप्छ । मेशिनरी, मर्मतको काम, कम्प्युटर, सिभिल इञ्जिनियर, आर्किटेक्ट, वास्तु विज्ञान, गुप्तचर, वैज्ञानिक जस्ता पेशामा यो राशिलाई निकै फाप्छ । यो राशिले पानीसंग सम्बन्धित काम भने नगरेको राम्रो । जागिर खाने हो भने यो राशिका व्यक्तिले शिक्षक बनेको राम्रो हुन्छ । 
कुम्भ: यो राशि भएका व्यक्तिलाई व्यापार फाप्छ । यो राशि भएका  व्यक्तिको कार्यक्षेत्र अधिकांश मकर राशिसँग मिल्दोजुल्दो हुन्छ । किनभने यी दुवै राशिको स्वामी शनि हो । त्यसैले यो राशिलाई पनि प्राय : व्यापार नै फाप्छ । मेशिनरी, मर्मतको काम, कम्प्युटर, सिभिल इञ्जिनियर, आर्किटेक्ट, वास्तु विज्ञान, गुप्तचर, वैज्ञानिक जस्ता पेशामा यो राशिलाई निकै फाप्छ ।
मीन : यो राशि भएका व्यक्तिलाई बढी जागिर वाप्छ । भेइकल, गुप्तचर विभाग, फायर सर्भिस र अदालती सेवामा यो राशिलाई सफलता प्राप्त हुन्छ । यो राशिका व्यक्तिले सकेसम्म मसलाजन्य उत्पादनको काम नगर्दा राम्रो हुन्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: