×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

टियुको पुस्तकालयका ‘किताव चोर’ पो रहेछन् कमल थापा !

काठमाडौँ – दोश्रोपटक उपप्रधान तथा संघीय मामिला र स्थानीय विकासमन्त्रीको पदभार सम्हालेका कमल थापा विद्यार्थी जीवनमा कत्तिको अनुशासित थिए भनेर जान्न÷बुझ्न धेरै टाढा जानुपर्दैन । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयमा कार्यरत बुक चेकर सविता केसीलाई सोधे पुग्छ ।
थापाले सन् १९७६ डिसेम्बरमा फिर्ता गर्ने गरी केन्द्रीय पुस्तकालय कार्ड नम्बर २५२ (१) बाट ‘पोलिटिक्स एण्ड गभर्मेन्ट इन जापान’ लगेका थिए । अध्ययनका लागि ४१ वर्षअघि लगेको किताब आजसम्म फिर्ता गरेका छैनन् । ‘पुरानो कोट लगाऊ नयाँ पुस्तक किन’ भन्ने हेनरी डेबिड थोरोको भनाइ ज्ञात भए पनि उपप्रधानमन्त्री थापाले वास्ता गरेको देखिँदैन ।
पुस्तकालयले सम्वत २०५५ सम्म किताब फिर्ता लगी फिर्ता नगर्नेलाई दैनिक १० पैसा र ५६ बाट दैनिक १ रुपैयाँ विलम्ब शुल्क तोकेको छ । शुल्क तोके पनि एकपटक गृह र दुईपटक उपप्रधानमन्त्री भइसकेका थापाले अनुशासन पालना गरेको पाइन्न । किताब फिर्ता नगरेपछि ४१ वर्षमा उनको नाममा ७ हजार ८१ रुपैयाँ बिलम्ब शुल्क उठेको छ । २०२४ सालमा स्थापित केन्द्रीय पुस्तकालयबाट धेरैले धेरै किताब लगे पनि समाचार प्रकाशन÷प्रसारण भएपछि कतिपयले किताब र विलम्ब शुल्क बुझाएका छन् ।
मुलुकमा पुस्तकालय कानुन छैन । उजुर बाजुर गर्ने ठाउँ हुने त कुरै आएन । केन्द्रीय पुस्तकालय प्रमुख सीता शर्माले भनिन्, ‘पहिले–पहिले लाइब्रेरी क्लियरेन्स नचाहिने हुँदा लगेकाले किताब फिर्ता गर्ने पर्दैनथ्यो । त्यही भएर अध्ययनका लागि लगिएका किताब फिर्ता हुने सकेन । तर, किताब लैजानेलाई फेरि एकपटक अनुरोध गर्छौं ।’ किताब लैजानेलाई बाटोमा भेट्दासमेत फिर्ता गरिदिनुप¥यो भनेर अनुरोध गरेको बुक चेकर केसीले सुनाइन् । -जनआस्था साप्ताहिकबाट
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: