×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

माछापुछ्रे बैंकका कर्मचारीनै नक्कली नोटको धन्दामा !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – पछिल्लो समय निरज श्रेष्ठले नेतृत्व गरेको माछापुछ्रे बैंक लिमिटेडमा विभिन्न काण्डहरु घटेको खुलासा भएको छ । बैंकभित्र वेथितिहरु त छँदै छन्, बैंकलाई भर्यांङ बनाएर बैंककै केहि सञ्चालक र सीइओ स्वयम् नै  विभिन्न खाले किर्ते काममा लागेको आरोपहरु लाग्न थालेका छन् । बैंकमा पछिल्लो समय कमिसन लिएर ऋण दिने गरेको, जानी जानी बैंकलाइ डुबाउने गरी खराब कर्जामा लगानी गर्ने गरेको लगायतका विभिन्न काण्डहरु घट्दै आएको स्रोतको दावी छ ।

बैंकमा घटेका विभिन्न काण्डहरु तथा सीइओं र बैंकका सञ्चालकहरुका कर्तुतहरु हामी धारावाही रुपमा प्रस्तुत गर्ने प्रयास गरिरहेका छौं । आजको अंकमा हामी बैंक आफु नै नक्कली नोट कारोबारमा संग्लग्न रहेको तथ्यको खुलासा गर्दैछौं ।

बैंकनै नक्कली नोट कारोबारको धन्दामा 
जनता बैंकसँग मर्जर सम्झौता तोडिएपछी झन् आफुखुसी ढंगका कामहरु बढी हुन थालेको माछापुच्छ्रे बैंक नक्कली नोट कारोबारमा संलग्न रहेको पाइएको छ । केहि समयअघि माछापुच्छ्रे बैंकको बिर्तामोडस्थित भद्रपुर रोडमा रहेको शाखा कार्यालयले नक्कली नोट फेलापरेपछि बैंकको यस्तो धन्दा छताछुल्ल भएको हो । केहि महिनाअघि बिर्तामोडका तीर्थ अधिकारीलाई उपलब्ध गराएको रकममा १ हजारको नोट नक्कली भेटिएपछि माछापेच्छ्रेको यस्तो धन्दाको खुलासा भएको हो।

माछापुछ्रे बैंकका कर्मचारीहरुनै किर्ते धन्दामा लाग्नेहरुसँग मिलेर यस्तो काम गर्ने गरेको विर्तामोडका केहि व्यवसायीहरुले आरोप लगाएपछी अहिले यो प्रकरणले बैंकको साखनै गिर्दै गएको छ । यस्तो धन्दाबारे विर्तामोडभरी चर्चा हुन थालेपछि अहिले बैंक एकातर्फ बदनाम हुँदै गएको छ भने अर्कोतर्फ उक्त बैंकबाट पैसा निकाल्न पनि जोखिमको काम हुन थालेको चर्चा हुन थालेको छ।

यस्तो घटना घटेको थियो माछापुछ्रे बैंकमा !
केहि महिनाअघि कुमार थापाको खातामा रहेको रकम निकाल्न तीर्थ नाम गरेका ग्राहक चेक बोकेर सोमबार दिउँसो २ बजे माछापुच्छ्रे बैंक पुगेका थिए । आफुसँग भएको चेक साटेर उनले त्यहाँबाट रकम झिके । त्यसपछि उनी माछापुच्छ्रे बैंकबाट निकालेको रकम ‘डिपोजिट’ गर्न जनता बैंक पुगेका थिए । माछापुछ्रे बैंकबाट निकालेको रकममध्ये बन्डलमा रहेको एक हजारको नोट नक्कली रहेको जनता बैंकका कर्मचारीले पत्ता लगाएपछी माछापुछ्रे बैंकबाट निकालिएको रकममा नक्कली नोट रहेको पत्ता लागेको हो ।

‘नोटको बिटोमा माछापुछ्रे बैंककै स्टिकर छ भने उक्त नोटको बिटो खोलिएको पनि छैन ।’ तीर्थले भने, ‘जनता बैंकका कर्मचारीले यो नोट फेक हो भनेर, लिन मानेनन्। त्यसपछि म तुरुन्तै माछापुछ्रे बैंक गएँ । तर माछापुछ्रे बैंकका कर्मचारीहरुले उक्त नोट लिन मानेनन् । माछापुच्छ्रे बैंकका कर्मचारीले ‘बैंकबाट बाहिर गइसकेपछि नक्कली होस् कि सक्कली होस्, फिर्ता हुँदैन’ भन्दै गैरजिम्मेवार अभिव्यक्ति निकै नै दुर्व्यवहार महसुस हुने ढंगले भन ।’ उनाका अनुसार बैंकका कर्मचारीहरुले उनलाई सिष्ट व्यवहार गरेर सम्झाउनु पर्ने ठाउँमा उल्टै कुरै सुन्न नचाहेको आरोप लगाए । माछापुच्छ्रे बैंकका शाखा प्रवन्धक सञ्जय देवानसंग पनि मेरो कुरा भयो । तर उनी कुनैपनि हालतमा उक्त नोट फिर्ता गर्ने पक्षमा देखिएनन् ।’


स्थानीयको आरोप, ‘माछापुछ्रे बैंकमा यस्ता घटना थुप्रै, बैंककै कर्मचारी किर्ते धन्दामा’
यता स्थानीयहरुले भने माछापुछ्रे बैंकमा यस्ता घटना यसअघिपनि हुने गरेको र बैंकका कर्मचारीहरु नै किर्ते धन्दामा लागेको आरोप लगाएका छन् । ‘किर्ते नोट बनाउनेहरुसँग बैंकका कर्मचारीहरुको मिलेमतो छ । यसरी कुनै कुनै बिटोमा नक्कली नोट राखेर उनीहरुले हप्तामा एक लाखसम्मका नयाँ नक्कली नोटहरु बजारमा पठाउने गरेका छन् ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै एक स्थानीयले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा भने । यसरी बैंकले गर्ने नक्कली धन्दामा माथिकै मान्छेको समेत हात भएको दावी गर्ने उनी अगाडी भन्छन्, ‘यसको कमिसन माथिसम्म पुगेको हुनुपर्छ । नत्र कर्मचारीले यत्रो रिस्क उठाउन कहाँ सक्छ र ? यसमा कि ब्रान्च मेनेजरको संलग्नता हुनुपर्छ, कि माथिकै प्लानअनुसार यस्तो गरिएको हुनुपर्छ।’  

ग्राहकले धमाधम पैसा निकाल्न थाले, नयाँ ग्राहकहरु घटे 
उक्त घटनापछी पूराना ग्राहकहरुले पनि माछापुछ्रे बैंकबाट पैसा निकाल्न थालेको बताएका छन् । ‘बैंकमा खाता भएका कतिपय फर्म तथा कम्पनीहरुले एकाउन्ट पेइ चेकबाट काम गर्न थालेका छन् । यस्तो गर्दा रिस्क हुन्न । माछापुछ्रे बैंक नक्कली नोटको कालो धन्दामा लागेको सबैतिर चर्चा छ । विर्तामोडको वित्तीय बजार माछापुछ्रे बैंककै कर्तुतका कारण त्राहिमाम छ ।’ स्थानीय एक व्यवसायीले अर्थ सरोकार डटकमसँग भने ।    

बैंकका कर्मचारी बोल्ने चाहेनन् 
यस विषयमा  बुझ्न हामीले विर्तामोडस्थित बैंकको कार्यालयमा फोन गरेका थियौं । हामी अर्थ सरोकार डटकमबाट, हामीले बैंकमा भइरहेको भनिएको किर्ते धन्दाबारे बुझ्न प्रयास गरेको भन्ने सुन्ने बित्तिकै बैंकका कर्मचारीले फोन रकहेका थिए भने त्यसपछि निरन्तर फोन उठाईएन । यता हामीले यस विषयमा बुझ्न माछापुछ्रे बैंकको प्रधान कार्यालयमा सम्पर्क गरेका थियौं । फोन उठाएका कर्मचारीले आफुलाई यस विषयमा थाहा नभएको बताउँदै सम्बन्धित मान्छेसंग कुरा गर्नुस् भन्दै फोन ट्रान्सफर गरिन् । तर ट्रान्सफर गरिएको फोन उठेन । यसरी यस घटनाबारे प्रतिक्रिया दिन नखोज्नुले पनि उक्त धन्दाबारे बैंकमा धेरै जानकार छन् भन्ने कुरा थप प्रष्ट भएको छ।

नेपाल राष्ट्र बैंकमा सीइओकै विरुद्ध उजुरी गरिने 
बैंकमा भएको किर्ते धन्दाबारे विर्तामोड वरीपरी ठुलै चर्चा हुँदा पनि बैंकले कुनै पनि खालको कारवाही प्रक्रिया वा अनुसन्धान प्रक्रिया अगाडी नबढाएको भन्दै बैंकका सीइओविरुद्ध नै यस किर्ते धन्दामा मतियार भएको आरोपसहितको  उजुरी हाल्न लागिएको विर्तामोडका व्यवसायीहरुको भनाइ छ । ‘कहीं कतै नक्कली नोट निस्कनु नेपालमा नौलो होइन । तर माछापुछ्रेको हकमा कुरा फरक छ । शहरभरी बैंकका कर्मचारी यस्तो किर्ते धन्दामा लागेका छन् भन्ने चर्चा हुँदा पनि कोहि पनि बोलेको छैन । यसले सीइओको गैरजिम्मेवारीपानालाई थप उदांगो बनाएको छ ।’ स्थानीय व्यवसायीले अर्थ सरोकार डटकमसँग भने ।    

को हुन निरज श्रेष्ठ ? 
माछापुछ्रे बैंकका सीइओ रहेका श्रेष्ठ खारिएका बैंकर मानिन्छन् । उनले सन १९८९ देखि तत्कालिन ग्रिनलेज बैंक(हालको स्ट्याण्डर्ड चाटर्ड बैंक)बाट बैंकिङ करिअर आरम्भ गरेका थिए । श्रेष्ठले केहि समय अघि मात्रै ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएका थिए ।  लामो समय बैंकमा काम गरेर पटक पटक विभिन्न कुराहरुमा विवादमा आएका उनी यस नक्कली नोट प्रकरणमा पनि विवादित हुने भएका छन् । उनी विरुद्ध यस प्रकरणमा नेपाल राष्ट्र बैंकमा उजुरीपरेपछी उनी थप विवादित हुने पक्कापक्की छ ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: