×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नयाँ बर्षसँगै नयाँ ईतिहास रच्दैछ नेपाली पूँजी बजारले, यी हुन् १३ आधारहरु

  • नरेन्द्र चुदाली 
१८८१ को ‘बुल साईकल’ पार गरेको पूँजी बजार त्यस पछि भने लामो समय मन्दीको अवस्थामा रह्यो । बजार घट्दै  जाँदा १२०० को मनोबैज्ञानीक रेखामा आयो । जसले गर्दा  धेरै लगानीकर्ताहरु ‘वियरिस ट्रयाप’मा परे। उच्चतम विन्दुबाट ३० प्रतिशत माथीसम्म गिरावट आएको बजारको पूँजीकरण पनि १५ खर्बमा सिमित बन्न पुगेको थियो । औसतमा ५ खर्ब बढी सम्पति गुमाएका लगानीकर्ताहरु  निकै ‘प्यानिक’ अवस्थामा पुग्दै गर्दा गत साताको सुरुवाती कारोबारदेखि बजारले ‘बाउन्स ब्याक’ गरेको छ । 
बजारमा आएको ‘यु-टर्न’ निकै उत्साहपूर्ण देखिएको छ । बजारको यो उत्साह मगंलबार झनै माथि पुग्यो । लामो समयपछि सर्कीट ब्रेकर लागेको बजारमा ५ प्रतिशतको बृद्धीसंगै  दिनभरीनै कारोबार रोकिनुले बजारको आकर्षणलाई पुष्टि गर्छ । बजारमा देखिएको यो बृद्धी आक्रामक  ढंगको छ । बजारले १६०० को सीमा रेखा पार गरिसकेको छ । 
यससँगै यसै ‘बुल’ बाटनै बजारले नयाँ ईतिहास बनाउने अडकलबाजी पूँजी बजारमा गर्न थालिएको छ । बजारको बृद्धीसंगै नेप्सेको गत साउन महिनाको बुलमा सेयर किनेर नोक्सान ब्यहोरेका लगानीकर्ताहरुलाई नोक्सान उठाउने अबसर मिल्न सक्ने देखिएको छ भने घटेको समयमा बजारमा प्रवेश गरेका लगानिकर्ताहरुले आकर्षक नाफा कमाउन सक्ने अवसर बलियो देखिएको छ । 
यससँगै लामो समयदेखि निराश देखिएका  पूँजी बजारका लगानीकर्ताहरुको अनुहारमा चमक देखिएको छ । एकातर्फ विगत एक-दुई हप्ता अगाडिदेखि  सेयर किनेकाहरुका लागि यो समय निकै उल्लासपूर्ण रहने देखिएको छ भने नेप्सेको घट्दो क्रममा लगानी नगरेका लगानिकर्ताहरु केही पछुताएको देखिन्छ । यद्यपी बजारको यो ट्रेण्ड अझै जारी रहने आधारहरु रहेकोले अब बजार छिर्नेहरुलेपनि नाफा कमाउन सक्ने सम्भावना छ । यसमा लगानीकर्ताहरुका अल्पकालीन र दिर्घकालीन लगानी रणनितिहरु त भईनै हाले ।
किन बढ्यो बजार र अझै बढ्नसक्ने आधार के छन ?
१. चुनाव घोषणाको सुरुवाति चरणमा चुनाव हुनेमै संका देखिएको थियो भने त्यस लगत्तै भएको सप्तरी घटनाले देशको राजनिति थप जटिल बन्ने अनुमानमा बजारको मनोविज्ञान कमजोर देखिएको थियो । तर अहिले उक्त परिस्थितिमा एकाएक परिवर्तन आएको छ । सप्तरी घटनापछि मधेशि मोर्चा आन्दोलित भई देशमा थप राजनैतिक जटीलता निम्तिने खतरा टरेर गएको छ भने स्थानीय चुनावमा प्रमुख राजनैतिक शत्तिहरुको सकृयता र प्रतिबद्धताले देशमा चुनाव हुने वातावरणपनि विस्तारै बलियो बन्दै गईरहदा त्यसको प्रभाव पूँजी बजारमा देखिएको छ ।
त्यसैगरि मधेशी मोर्चालेपनि सहज अबतरण चाहिरहेको स्थिति  छ । देशको राजनीनीले प्रत्यक्ष प्रभाव पार्ने पूँजी बजार राजनितिमा आएको सुधारको सम्भावनाले बलीयो बन्दै गईरहेको छ । देशमा स्थानीय निर्वाचन सम्पन्न भएपछि राजनैतिक स्थीरता आउने सम्भावना रहेकोले लगानीकर्ताहरुको मनोबल उच्च हुदै गईरहेको छ । र विगतका नजिरहरुको अध्यान गर्दा पनि देशमा निर्वाचनको समयमा पुजि बजारमा ठुलो वृद्धि हुने गरेको छ । 
२. बजारमा अ’फ सिजन’ सकिएसंगै सिजनल प्रभाव देखिदै जाने छ ।
३. अहिले परिसुचकमा आएको बृद्धी सगै टर्नओभरमा पनि पर्याप्त मात्रामा सुधार आएको छ। विगतका दिनमा ३० करोडको हाराहारिमै सिमित हुने गरेको कारोबार रकम अहिले दिनहु १ अर्ब देखि डेढ अर्बमाथी हुनुले बजारलाई थप बलीयो बनाउने अपेक्षा गर्न सकिन्छ ।
४. कारोबार रकम र मार्केट डेफ्टको अध्यान गर्दा बाई अर्डर हावि भईरहेको छ। विगतमा पर्ख र हेरको रणनितिमा रहेका लगानिकर्ताहरु बजारमा प्रबेश गरिसकेका छन्। ठुला तथा संस्थागत लगानीकर्ताहरुको बजार प्रबेशले बजारमा झनै उत्साह थपेको छ। यसबाट पनि बजारले नया रेकर्ड बनाउने अनुमानलाई बलीयो टेवा मिल्छ ।
५. अहिले तरलता अभाव हटेको त छैन यद्यपी  केहि समय अघिसम्म तरलता अभाव चरम रुपमा रहेकोमा पछिल्लो समय विकाश खर्चमा आएको तिब्रता , स्थानीय चुनावमा सरकार तथा दलहरुबाट हुने खर्चले बजारमा तरलता अभाव विस्तारै हट्दै जाने अनुमान गरिएको छ भने तरलता अभावको समाधान संगै ब्याजदर पनि घट्ने अपेक्षा गरिएको छ। त्यसैगरि बजार निराशाजनक ढंगले घटेपछि धमाधम मार्जीन कल गर्न थालेका बैकहरुले पछिल्लो समयमा बजार बढ्दै गएपछि मार्जीन कल गर्न छाडेका छन् यसले पनि लगानिकर्तालाई धेरै राहत मिलेको छ। भने राष्ट्र बैकंले सेयर कर्जालाई पनि साधारण कर्जा सरह मान्न निर्देशन दिएसंगै कर्जामा सहजता आउने अनुमान गरिएको छ ।
६. नेप्सेको  निर्देशन बमोजिम आईतवारबाट उपत्यका बाहिरका ६ वटा ठााउबाट सेयर दलाल कार्यालय संञ्चालनमा आएका छन्। कालिका सेक्युरिटिजले नेपालगञ्ज , कञ्चनजंगाले विराटनगर , भिजन सेक्युरिटिजले बनेपा, आर्यतार सेक्युरिटिजले बुटवल, श्रिहरी सेक्युरिटिजले विर्तामोड र सनि सेक्युरिटिजले नारायणगढबाट रिमोट वर्क स्टेसन मार्फत कारोबार सुरु गरे संगै बजारले नया गति लिएको छ।शाखा विस्तारको काम अझै ब्यापक बनाउने योजनामा सेयरदलालहरु लगेका छन्।बजार विकेन्द्रीकरण को काममा आएको तिब्रता संगै बजारले नया गति लिने अनुमान गर्न सकिन्छ।
७. आस्वा प्रणाली लाई पुर्ण अनलाईमा लैजानका लागि बोर्ड र नेप्सेले दिएको तिब्रता, अनलाईन र  सेमि अनलाईन मा देखिएको तदारुपता ले पनि बजारमा सकारातत्मक वाताबरण बनाएको देखिन्छ।बजारको विकाशमा पछिल्लो समय नियामक निकायहरुको सक्रीयताले लगानीकर्ताहरु सन्तुष्ट देखिएका छन्।
८. बजारमा बैक तथा वित्तिय संस्थाहरुले नया कर्जा प्रदान नगरेपनि लिमिट भएका ग्रहाकहरुलाई  भने कर्जा दिन थालेका छन्। र छिट्टै नै क्रेडिट क्रन्चको अबस्था समाधान भएपछि सेयर बजारमा थप कर्जा भित्रने सम्भावना बढेर गएको छ।
९.पछिल्लो समय ठुलो भोलुमका हकप्रद , एफपिओ लगायतका निश्काशनहरु बजारमा नरहेकाले सो क्षेत्रमा जाने पुजि पनि दोस्रो बजारमै केन्द्रीत हुने अपेक्षा गर्न सकिन्छ । यसले पनि बजारलाई थप बलियो बनाउने नै छ।
१०. दोस्रो त्राईमासिकसम्ममा अधिकाशं बैक तथा वित्तीय संस्था तथा जलविद्युत समूहहरुको वित्तीय विवरणहरु उत्साहपूर्ण रहेकोले सो क्रम चैत्र मसान्तको तेस्रो त्रैमासिकमापनि कायमै रहने अनुमान गर्न सकिन्छ । तेस्रो त्रैमासिकसम्मको रिपोर्टबाट समग्र बर्षको मोटामोटी आंकडा गर्न सकिने हुनाले चैत्र मसान्तसंगै बजारमा लगानीकर्ताको आकर्षण बढ्न सक्ने देखिन्छ । किनकि तरलता अभाव हुनेगरी नै बैकहरुले कर्जा लगानी गरेको हुनाले उनीहरुको नाफामा गिरावट नआउला भन्न सकिन्छ । 
११. बैकं तथा वित्तीय संस्थाहरुको पूँजी बृद्धीको समयसिमा सकिनै लागेकाले आउने आषढ मसान्तपछि  उनीहरुबाट आकर्षक ‘बोनस’ घोषणा हुने आशामा लगानीकर्ताहरु रहेका छन् ।
१२. पूँजी वृद्धि्धीसँगै बैक तथा वित्तीय संस्थाको प्रतिसेयर आम्दानीमा गिरावट आउने अनुमान गरिएकोमा त्यस्तो भएको छैन । अधिकाशं कम्पनीहरुले प्रतिसेयर आम्दानीलाई खस्कन दिएका छैनन् ।
१३. नेपाली सेयर बजारको प्रवृति, सेयर बढ्न थालेपछि उत्साहीत हुने गरेको पाईन्छ । विगतमापनि सेयर बढ्न थालेपछि एकोहोरो बढ्ने गरेको पाईन्छ । र घट्दापनि सोही प्रृति नै दोहोरिने गरेको छ । यस्तो आत्तिने  र मात्तिने प्रवृति पूँजी बजारकोलागि खतरापूर्ण हुने भएपनि प्रवृतिगत समस्याका कारणलेपनि बजारलाई माथि धकेल्ने सहयोग गर्ने देखिन्छ।
सधै अनिश्चित नै रहने सेयर बजारको भविश्य अनुमान गर्नु त सान्दर्भिक नहुन पनि सक्छ । तरपनि माथिका तथ्यहरु यथावतनै रहेको अवस्थामा सेयर बजारको यो ट्रेण्डले निरन्तरता पाई नयाँ इतिहास रच्ने कुरालाई नकार्न सकिदैन । तर यस्तो ‘बुल’मा राम्रा संगै नराम्रा कम्पनीहरुको मूल्यपनि आकासिने हुँदा लगानीकर्ताहरु विवेकशील बन्नु आवश्यक छ । कम्पनीको आधारभुत पक्षको अध्यान गरेर लगानी गर्नु पहिलो सर्त हुनुपर्छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: