×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

टेक रिभ्यू : F3plus मोडलका नाममा सोझा नेपाली ठग्दै ओप्पो ! महँगोमा बेचिंदैछ समस्याग्रस्त मोबाइल सेट !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – निकै तामझामका साथ नेपाली बजारमा आउन लागेको अप्पोको नयाँ मोडल एफ थ्री प्लसमापनि यसअघि उक्त मोबाइलको पूरानो मोडल एफवानएसमाजस्तै जनता ठग्ने प्लानमा रहेको खुलासा भएको छ । ओप्पोको एफवानएसमा विभिन्न खाले समस्याहरु देखापर्न थालेको खबर सेलाउन नपाउँदै अप्पोले ल्याएको नयाँ भर्जनको मोबाइलमा पनि विभिन्न समस्या रहेको बताइएको छ ।

विभिन्न अन्तराष्ट्रिय ब्लग तथा समाचार पोर्टलहरुले अप्पोको नयाँ मोडल एफथ्री प्लसमा धेरै समस्या भएको बताएका छन् । यसअघि एफवानएस मोडललाइ पनि महँगोमा बेचेको कम्पनीका ग्राहकहरुले ओप्पोमा निकै बढी  समस्या रहेको गुनासो पोखेका थिए । राम्रो फोटो खिच्ने भनी दावी गर्ने मोबाइलमा आफुले सोचेजस्तो फोटो नआएको समेत ग्राहकहरुले गुनासो पोखेका थिए । हामीले समेत अप्पो एफवानएस मोडलले खिचेको तस्विरसहितको समाचार प्रकाशन गरेका थियौं ।
  
के के छन् त एफथ्री प्लसमा समस्या ?
विभिन्न अन्तराष्ट्रिय संचारमाध्यमका अनुसार ओप्पोको नयाँ मोडलमा ओप्पोको पूरानो मोडल एफवानप्लसमै जस्तै समस्या देखिने छाँटकाँट आइसकेको छ । यसअघि एफवानप्लसमा घरी-घरी आफैं अफ हुने, दुइ वटा सिम हाल्दा ह्यांङ हुने, ब्याट्री नटिक्ने, लगायतका समस्या देखिएका थिए । एफथ्रीप्लस किनेको केहि घन्टामै समेत यस्तो समस्या देखिने दावी गर्दै विभिन्न ब्लगमा लेख लेखिएका छन् । साथै एफथ्रीप्लसको डिस्प्ले राम्रो नभएको, एप्पलको आइफोनकै शैलीमा मोबाइल बनाइएको, लगायतका गुनासो समेत प्रयोग कर्ताले गरेका छन् ।

हेर्नुहोस् यसअघि एफवानएस निकै ह्यांङ भएकोबारे एक प्रयोगकर्ताले युट्युबमा अपलोड गरेको भिडियो

‘यसैपनि ओप्पोको ‘सपोर्ट वा मेन्टेनेन्स सुविधा’ पनि निकै कमजोर छ । नेपालको हकमा ओप्पोले वारेन्टी भन्दै फोनमा केहि समस्या आए बनाइदिने दावी गरेको छ । तर ओप्पोको मोबाइल बनाउने ठाउँको सुविधापनि निकै ‘झुर’ छ । समयमा फोन बन्दैन । अप्पोले ३० दिनभित्र फोन चित्त नबुझे साट्न सकिने समेत भनेको थियो । तर मोबाइल साट्ने नै निर्णय गर्ने हो भने पनि ओप्पोका प्रतिनिधिले यसरी झुलाईदिन्छन्, कि जानी जानी वा दिन धकेलेरै ३० दिन काट्ने गरेको छ ।’ ओप्पोका एक प्रयोगकर्ताले अर्थ सरोकार डटकमसँग भने ।

अन्य थुप्रै ग्राहकहरुको गुनासोपनि यस्तै छ । मोबाइल चित्त नबुझेमा ३० दिनभित्र फिर्ता गर्न मिल्ने मोबाइल कम्पनीले जनाएको थियो । तर यसरी फिर्ता गर्न खोज्दा मोबाइल बनाइदिने तर फिर्ता गर्न नमिल्ने भन्ने उत्तर आएको समेत प्रयोगकर्ताको गुनासो छ । ‘मोबाइल बनाउने ठाउँमा खासाका सस्ता समानहरु प्रयोग गरिएको भन्ने त्यहाँ काम गर्ने दाइ बाट नै थाहा भयो । मोबाइल बनाउन दिन मन लागेन । साट्न उसले मानेन । ३० हजार खोलामै बग्यो भन्ने लागेको छ ।’ कोटेश्वरमै बस्ने अर्का एक ग्राहकले अर्थ सरोकार डटकमसँग भने।       

समस्या पूरानै, सफ्टवेर पूरानै, नाम र दाममात्र नयाँ !
ओप्पोले नयाँ भर्जन भन्दै मोबाइलहरु बजारमा ल्याएपनि सफ्टवेर भने पूरानै दिएको छ । एन्ड्रोइडमा चल्ने ओप्पोको नयाँ भर्जनको मोबाइलमा एन्ड्रोइड ६.० उपलब्ध छ । यसका कारण मोबाइलको गुणस्तरमा खास दम छैन । सफ्टवेर पूरानै भएकालेपनि एफवानएसमा देखिएका समस्याहरु उस्तै छन् । ब्याट्रीमा निकै बढी समस्या छ । एफवानएसमा जस्तै  ब्याट्री नटिक्ने समस्यापनि मोबाइलको नयाँ भर्जनमा समेत उस्तै छ । मोबाइल आफैं अफ हुने समस्या निकै ठुलो समस्या छ अप्पोमा । आफैं रि-स्टार्ट हुने हुँदा फोनमा विभिन्न खाले समस्या भएको स्पष्ट हुन्छ । केहि मोबाइलहरुमा मात्र देखिएको यो समस्याबारे भने ओप्पोका प्रतिनिधिनै जानकार छैनन् ।

हेर्नुहोस् भारतको रिसव टेक नामक कम्पनेका प्रतिनिधिले ओप्पो एफथ्री प्लस नकिन् सुझाव दिंदै फोनका समस्या बताएको यो भिडियो :

अर्कोतर्फ अप्पो बनाउने ठाउँमा ओप्पोका प्रतिनिधिहरुको व्यवहार खास रार्मो छैन । यसअघि अप्पोले आफुलाई ठगेको बताउदै क्यान इन्फोटेकमा पुगेका ग्राहकहरुलाई ओप्पोका प्रतिनिधिले दुर्व्यवहार गरेको खबर सार्वजनिक भएको थियो भने फोनको गुणस्तर निकैनै नराम्रो भएको बारे सोध्दा एक साप्ताहिकका पत्रकारलाई त्यहाँका प्रतिनिधिले ज्यान मार्ने धम्कीसमेत दिएको खबर सार्वजनिक भएको थियो ।    

दाम अनुसारको ‘दम’ छैन, प्रचार गरिएअनुसारको  फोटो खिच्दैन
ओप्पोको एफथ्रीप्लसमा भएका गुणस्तरको तुलनामा मोबाइलको मूल्य निकै बढी भएको समेत प्रयोगकर्ताहरुले गुनासो पोखेका छन् । झन्डै ५४००० पर्ने यो मोबाइलमा बिक्रेताले आफ्नो कमिसन उपयोग गर्दै कसैले तोकिएकै दाममा मोबाइल बेचीरहेका छन् भने कसैले ५०००० सम्म मोबाइल बेचीरहेका छन् । तर ५०००० मै आएको खण्डमा पनि अप्पोको यो मूल्य भने निकै बढी रहेको प्रयोगकर्ताहरुको दावी छ । विभिन्न भारतीय भिडियो ब्लगमा पनि यो मूल्य निकै बढी भएको टिकाटिप्पणीहरु भइरहेका छन् ।

यता ओप्पोले सुरुदेखिनै क्यामरामा र त्यसमा पनि सेल्फी खिच्ने काममा आफु ‘एक्स्पर्ट’ भएको दावी गरेको थियो । तर मोबाइलका प्रयोगकर्ताले समेत सोचे अनुसारको फोटो उक्त क्यामराले नखिचेको गुनासो पोखेका छन् । सेल्फी क्यामरामा दम भएकै आधारमा मोबाइल किन्न खोज्ने ग्राहकहरुलाई यो फोनको प्रयोगले खासै सन्तुष्टि नदिने सरोकारवालाहरुको भनाइ छ ।      

हेर्नुहोस् धेरैले मन पराएको एक रिभ्यूमा पनि अप्पो सेल्फी एक्सर्ट नभएको स्पष्ट पारिएको छ:

उपहारका नाममा पनि नफस्नुहोला, मापदण्ड नपुगेका सेट नेपाल भित्रिंदै !
ओप्पोले आफ्नो मोबाइल बेच्न अनेकौं हतकण्डा अपनाएको छ । यतिसम्मकि विभिन्न गिफ्टका प्याक बनाएर उसले जनतालाई झुक्याउने गरेको छ । यसअघि ओप्पोको एफवानएस मोडलको फोन बेच्दापनि बिग्रेको सेल्फी स्टिक दिएको र यसबारे जानकारी दिंदा आफुले केहि गर्न नसक्ने र सेल्फी स्टिक साट्नपनि नमिल्ने भन्दै ओप्पोका प्रतिनिधिले उल्टै ग्राहकलाइ दुर्व्यवहार गरेको खबर सार्वजनिक भएको थियो ।     

यसअघि ओप्पो एफवानएसका बारेमा डरलाग्दो तथ्य बाहिरिएको थियो । ओप्पो सर्भिस सेन्टरमै काम गर्ने एक कर्मचारीले आफ्नो नाम नबताउने सर्तमा एक्सपोर्ट क्वालीतीको मापदण्ड नपुगेका मोबाइलहरु नेपाल भित्रने गरेको खुलासा अर्थ सरोकार डटकमसंग गरेका थिए ।

 हेर्नुहोस् ओप्पो एफवानएसले खिचेको फोटो । नयाँ भर्जन अर्था एफथ्रीप्लसमा पनि खास दम छैन ।  

‘हेर्दा प्याकिङ उस्तै हुन्छ । तर नेपालमा किनेको ओप्पो र अरु देशहरुमा किनेको ओप्पो फरक हुन्छ । कसैले विदेशबाट ओप्पो ल्याएको छ भने चलाएर हेर्दा हुन्छ । सर्भिस सेन्टरमा पनि अधिकांस चिनिया बिग्रेका सामान हुन्छन् ।’ त्यहि भएर चाइनामा निकै रुचाइएको मोबाइल नेपालमा फ्लप भएको हो। ‘ उनले अर्थ सरोकार डटकमसँग भनेका थिए । अहिले ओप्पोको एफथ्रीपल्समा पनि समस्या त्यहि भएको उनको दावी थियो । ‘विभिन्न कारणले फिर्ता आएका मोबाइलहरुलाई पुन: नयाँ जस्तै बनाएर नेपाल भित्र्याइएको छ ।’ उनले भने ।

यो पनि पढ्नुहोस् 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: