×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रिलायबलको साधारणसभा आज, सेयर लगानीकर्तासंघले विरोध गर्ने, बैंकको यस्तो दावी, सुरक्षा व्यवस्था कडा !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – रिलायवल डेभलपमेन्ट बैंकको साधारणसभा आज हुँदैछ । आर्मी अफिसर्स क्लबमा बैंकको साधारणसभा हुन लागेको हो । यता अघिल्लो साधारणसभाबाट पारित भइसकेको सतप्रतिशत हकप्रद लगानीकर्ताले अन्ततः लगानीकर्ताले नपाउनेनै भएका छन् । उक्त एजेन्डा आजको साधारणसभाबाट पारित हुँदैछ ।

बैंक भन्छ, ‘एक्वीजिसनमा जाँदा सेयरधनीलाई बढी प्रतिफल’

यता बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै नेपाल राष्ट्रबैंकको बाध्यकारी व्यवस्था अनुसार मर्जर वा एक्वीजिसनको विकल्प नभेटिएको अवस्थामा ल्याइएको सतप्रतिशत(१ बराबर १)को हकप्रदको प्रस्ताव ग्लोबल आइएमई बैंकमा गाभिने निर्णयपछि स्थगन गर्नुपरेको बताएका छन् । उनले हकप्रद दिंदा भन्दा ठूलो बैंकमा गाभिँदा सेयरधनीले धेरै प्रतिफल पाउने दाबी गरेका छन्।
‘विभिन्न बैंक तथा बित्तीय संस्थाहरुसँग मर्जर वा एक्वीजिसनका लागि खासै प्रगति नभएको कारणले तत्कालीन अवस्थामा केन्द्रीय बैंकले तोकेको चुक्तापूँजी पुर्याउन उद्देश्यले दशौं वार्षिक साधारणसभाबाट १ बराबर १ को दरले हकप्रद निश्कासनको प्रस्ताव स्वीकृत गरे पनि मर्जर र एक्वीजिसनको प्रयास जारी थियो ।’ विज्ञप्तिमा भनिएको छ–‘ सोही क्रममा असोज १४ गते ग्लोबल आइएमई बैंकसँग प्राप्तिको सम्झौता भएको हो । बैंकले गत बर्षको नाफाबाट यस वर्ष २८.१४ प्रतिशत बोनस सेयर दिएपछि डिडिएले आउने सम्माजनक स्वाप रेसियोमा एक्वीजिसनमा जाने समझदारी भएको हो ।’
सेयर लगानीकर्ता संघले विरोध गर्ने, सुरक्षा व्यवस्था कडा 
यसैबीच सेयर लगानीकर्ता संघले १:१ हकप्रद सेयर नदिएको भन्दै विरोध गर्ने बताएका छन् । ‘हामी विरोध गर्छौं । यसको जानकारी पनि हामीले बैंकमा दिइसकेका छौं । स्टेजमा उक्लिन नदिए बाहिरबाट भएपनि विरोध गर्छौं।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै संघका सह-प्रवक्ता हरिश दाहालले भने ।  
यता आर्मी अफिसर्स क्लबमा सम्भावित विरोधलाई मध्येनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । यसैपनि आर्मी अफिसर्स क्लब सुरक्षाका दृष्टिकोणले सुरक्षित मानिन्छा । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: