×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पछिल्लो बजार अवस्थाबारे रोहन शर्माको विश्लेषण

  • रोहन शर्मा 
यथास्थितिमा सेयर बजारको बिषयमा बोल्नुपर्ने नयाँ कुरा चाहिं केहिपनि छैन । तैपनि पछिल्लो अवस्थाको सकारात्मक र नकारात्मक अवस्थाहरुचाहिं निम्नानुसार रहेको देख्छु:
बजारको चुनौति आर्थात् नकारात्मक पक्ष:
  •  घोषित मितीमा चुनाव होलाकि नहोला ?
  • राजनितीले कुन मोड लेला ?
जुन हामीले बिगतदेखि भोग्दै आएको अनि कुनै नौलो बिषय भने होइन । 
बजारको अवसर अर्थात् सकारात्मक पक्ष:
  • कम्पनीहरुको तेस्रो त्रैमासिक रिपोर्ट प्रकाशानको मुखमा छ, “Morning shows the day” भनेजस्तै प्राय सबै कम्पनीहरुले दोस्रो त्रैमासिक बित्तिय बिवरणबाटनै भविष्यको छनक देखाई सकेका छन् ।
  • तेस्रो त्रैमासिक वित्तीय बिवरणबाट आउँदो साल कम्पनीले लगानिकर्तालाई बितरण गर्ने प्रतिफलको बारेमा धेरै हदसम्म अनुमान गर्न सकिन्छ ।
  • तरलता धेरै हदसम्म सहज भैसकेको छ ।
  • ब्याजदरमा सन्तुलनको अवस्थाको अनुभुति गर्न सकिन्छ ।
  • राज्य संयन्त्र चुनावी गतिबिधीमा केन्द्रीत छ । चुनावको माहौल सृजना भैसकेको छ ।
  • बजार निकै तल झरेको अवसर पारेर Institutional Investors लगायात Big Investors बजार प्रवेश गरिसकेका छन् । पछिल्लो समय क्रमिक रुपमा कारोबार रकम बढ्नुबाट यो कुरा सहजै अनुमान गर्न सकिन्छ । 
  • धितोपत्र बोर्ड, नेप्से लगायत नियामक निकायको पछिल्लो गतिबिधी बजारको बिकास र बिस्तारमै केन्द्रीत रहेको तथ्य घामझैं छर्लङ छ । 
  • यो बर्षको आर्थिक बृद्धीदर अहिले सम्मकै उच्च हुने अनुमान गरिएको छ ।
  • पुरानै प्रबृतीलाई हेर्ने हो भनेपनि अहिले बजार प्रवेश गर्नको लागीको उपयुक्त अवसर हो।
समग्रमा सेयर बजारको पछिल्लो अवस्थालाई हेर्दा २ वटा नकारात्मक कुरा देखिए पनि २० वटा भन्दा बढी सकारात्मक पक्ष देखिन्छ । च बिचार गरेर लगानी गरौं। छोटो समयमा उच्च प्रतिफल सुनिक्षित छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: