×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रविन्द्र मिश्रको साझा पार्टीले गर्यो झुटको खेती : जनताको आँखामा छारो हाल्ने प्रयास !

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – बिबिसी नेपाली सेवाको जागिर छोडेर राजनीतिमा प्रवेश गर्दै गर्दा रविन्द्र मिश्रसँग आश गर्नेहरु धेरै थिए । तर रविन्द्र मिश्रको साझा पार्टीपनि जनता झुक्याउने, झुट बोल्ने लगायतका काममा सक्रिय भएको खुलासा भएको छ । पार्टीले जनताको आँखामा यतिसम्म छारो हाल्न खोजेको छ कि उसले फेसबुक वा ट्वीटरमा कुनै भलाद्मीहरुको सामुहिक फोटो देख्नेबितिक्कै सम्बन्धित व्यक्तिलाई प्रलोभनमा पारेर आफ्नो इकाई गठन भएको भन्दै फोटो फेसबुकमा हाल्ने गरेको खुलासा भएको छ । 

गत मार्च २६ तारिखमा पनि यस्तै भयो । पार्टीले आफ्नो फेसबुकमा परिवार नियोजन संघको ‘फाइनान्स’ विभागका कर्मचारीहरुको फोटो राखेर कंचनपुर महेन्द्रनगरस्थित ‘नेम्बुखेड’ इकाई गठन गरेको भन्दै जनताको आँखामा छारो हाल्ने प्रयास गरेको छ । मार्च २६ तारिखका दिन पार्टीको पेजबाट शेयर भएको फोटोमा पार्टीले आफ्नो कंचनपुर महेन्द्रनगरस्थित नेम्बुखेड’ इकाई गठन भएको भनी फोटो पोष्ट गरिएको थियो । जवकी उक्त फोटो कंचनपुरको नभई नेपाल परिवार नियोजन संघका कर्मचारीहरुको थियो ।
उक्त समुहमा रहेका केहीलाई प्रलोभनमा पारेपनि यस विषयमा  उक्त फोटोमा देखिएका केहि कर्मचारीहरुले नै आफु साझा पार्टीमा नभएको र साझा पार्टीले आफुहरुको फोटो दुरुपयोग गरेको भन्ने आरोप लगाउँदै सामाजिक संजालमा तीब्र विरोध जनाएपछि रविन्द्र मिश्रको कालो कर्तुत छताछुल्ल भएको हो । पार्टीले अहिले उक्त पोष्ट आफ्नो फेसबुकबाट हटाएको त छ तर आफ्नो गल्तीबारे उसले औपचारिक रुपमा केहि पनि स्पष्टीकरण दिएको छैन।
अझ दुखको कुरा त के छ भने यसअघि लामो समय पत्रकारिता गरेर रविन्द्र मिश्रले सुचनाको हकमाथिनै धावा बोल्ने प्रयास गरेका छन् । पार्टीले गरेको यस्तो कर्तुतको बारे बुझ्न खोज्दा उनी सम्पर्कमा नै आउन चाहेका छैनन् ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: