×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

समाचार प्रभाव : प्रश्नपत्र अाउट भएपछि कैलालीका २१ विद्यालयकाे परिक्षा स्थगित !

बिहिबार हुने भनिएकाे कम्प्युटर विषयकाे प्रश्नपत्र बुधबार हिजै अाउट भएपछि कैलाली मसुरियाका २१ विद्यालयकाे परिक्षा स्थगित भएकाे छ ।  उक्त विषयकाे परिक्षा पर्सी अर्थात १३ गते अाइतबार मात्रै हुने तालिकामा थियाे ।
मसुरिया ४ (हाल गौरीगंगा नगर पालिका ) ८ स्थित लिक्मा स्राेत केन्द्रस्तरीय बार्षिक परिक्षा २०७३, अन्तर्गत कम्प्युटर विषयकाे प्रश्न पत्र बिहिबार हिजै अाउट भएकाे समाचार अर्थ सरोकार डटकमले ब्रेक गरेकाे थियाे । लिक्मा स्रोत केन्द्रका प्रधानाध्यापक जंग बहादुर देउवाकाे मिलेमताेमा प्रश्नपत्र अाउट गरिएकाे स्राेतकाे भनार्इ रहेपनि यता प्रअ देउवाले भने अाफुलार्इ यस विषयमा कुनै जानकारी नै नभएकाे बताएका छन् ।
अर्थ सरोकार डटकमसँग कुरा गर्दै केन्द्रका प्रअ देउवाले  प्रश्नपत्र अाउट गरेकाे लगाएतका व्यक्तिगत कुरा उठाएर अाफ्नाे चरित्र हत्या गर्न खाेजिएकाे अाराेप लगाए । ‘यस विषयमा मलार्इ कुनै जानकारी नै छैन, म अाफै जिम्मेवार मान्छे हुँ, मैले किन यस्ताे काम गर्ने ?’ देउवाले भने, – ‘ मेराे चरित्र हत्या गर्न खाेजिएकाे छ । मैले याे प्रश्नपत्र अाउट मलार्इ के लाभ हुन्छ र ? कुनै ठुलै महत्वकाे विषय पनि हैन । सामान्य ६ कक्षाकाे प्रश्नपत्र अाउट गर्न केहि अावश्यक पनि छैन ।’
उनले यस विषयमा सत्यतथ्य पत्ता लगाउन कसले र किन यस्ताे गर्याे भन्ने बारेमा अनुसन्धान गरिने बताए । ‘प्रश्नपत्र नै अाउट भएपछि अब याे परिक्षा नै स्थगित हुन्छ । र यस विषयमा छानबीन गर्नुपर्छ ।’ उनले भने ।
दाेषीमाथि कारवाही हुन्छ : जिल्ला  शिक्षा अधिकारी
यसैबीच जिल्ला शिक्षा कार्यालय कैलालीका प्रमुख मान सिंह विष्टले प्रश्नपत्र अाउट गर्ने र गराउने व्यक्तिमाथि कारवाही हुने बताएका छन् ।  ‘प्रश्नपत्र नै अाउट भइसकेपछि त्याे प्रयाेग हुदैन नयाँ प्रश्नपत्र बन्छ र अनि मात्रै परिक्षा हुन्छ । बाँकी याे प्रश्नपत्र कसले किन अाउट गर्याे भन्ने बारेमा छानबीन गरेर कारवाहीकाे प्रकृया अगाडि बढाइन्छ ।’ विष्टले  भने ।
यता विद्यार्थीले हामीसंग गरेको बिशेष खुलासा अनुसार उनले कक्षा ६ काे मात्रै नभइ यसअघि कक्षा नाै काे प्रश्नपत्र समेत आउट भएको छ । लिक्मा स्रोत केन्द्र अन्तर्गत अहिले करिब ३९ विद्यालय रहेका छन् । सबै विद्यालयकाे बाेर्ड परिक्षाका लागि तयार भएका प्रश्नपत्रहरू लिक्मा स्राेत केन्द्रबाटै वितरण हुने गर्दछन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: