×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अर्थ सरोकारको समाचारप्रति ध्यानाकर्षण भएको बताउँदै शुभारम्भले दियो यस्तो स्पष्टिकरण !

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – गौतम बुद्ध भारतमा जन्मिएको भन्ने भ्रमपूर्ण सामाग्री पुस्तकमा छापेर विवादित बनेको शुभारम्भ पब्लिकेसनले घुस खुवाएर आफुहरुले केस मिलाएको भन्ने समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको बताएको छ । अर्थ सरोकार डटकमलाई खण्डनपत्र पठाउँदै उसले सम्बन्धित निकायले आफुलाई छानविन गरी दोषी पाएमा कारवाही भोग्न तयार भएको समेत स्पष्ट पारेको छ । आफुले पाठ्यक्रमसमे सच्याएको बताउँदै पब्लिकेसनले संस्थाका जिम्मेवार व्यक्तिसँग नाम जोडेर आएको समाचार सत्य नभएको दावी समेत गरेका छन् । संस्थाका एकेडेमिक डाइरेक्टर दिनेश अधिकारीले घुस खुवाएर यो प्रकरण मिलाएको भन्दै अख्तियारमा उजुरी परेको खबर अर्थ सरोकार डटकमले प्रकाशित गरेको थियो ।

हेर्नुहोस् शुभारम्भले पठाएको खण्डन पत्र जस्ताको त्यस्तै 

साथै पब्लिकेसनले आफुबाट भएको गल्तीको प्रयास्चित भइसकेको समेत बताएको छ । ‘तपाईंहरुको समाचार आएपछि हामी सचेत बन्यौं । पाठ्यक्रम विकास केन्द्रले समाचारलाइनै आधार बनाएर विभिन्न निकायमा उजुरीपरेपछि हामीलै स्पष्टीकारण सोध्यो । हामीले पनि आफुबाट गल्ती भएको स्वीकार्दै त्यसलाई सच्यायौं । अव यस्तो गल्ती कहिले पनि हुने छैन । ‘ संस्थाका एकेडेमिक डाइरेक्टर दिनेश अधिकारीले भने ।

अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले अगाडी भने, ‘पछिल्लो समय आएको समाचारले भने हामी दुखी छौं । सबैतिर हाम्रा प्रकाशनहरुको माग बढेकाले कसैले नियोजित रुपमा हामीमाथि उजुरी गरेको हुनुपर्छ । तपाईंहरुले पनि यो कुरा बुझिदिनुपर्यो । सम्बन्धित निकायले छानविन गरेको खण्डमा दोषी ठहरिए हामी जस्तोसुकै कारवाही भोग्न पनि तयार छौं ।’ साथै उनले उक्त सामाग्री पाठ्यक्रम बिकास केन्द्रको निर्देशन अनुसार सच्याइएको समेत बताएका छन् ।

हेर्नुहोस् उनले अर्थ सरोकार डटकमलाई उपलब्ध गराएको सच्याइएको पाठ्यसामाग्रीको प्रतिलिपि :


यस्तो थियो शुभारम्भ पब्लिकेसनले गरेको गम्भीर गल्ती जहाँ गौतम बुद्ध भारतमा जन्मिएको भन्ने लेखिएको थियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: