×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेप्सेको साइट डाउन गराएर करोडौं चलखेल भएको आशंका ! साइट निर्माता र नेप्से विरुद्ध अख्तियार गुहार्दै लगानीकर्ता !


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – नेप्सेको साइट डाउन भएपछी आक्रोशित भएका लगानीकर्ताहरु नेप्से र वेव साइट निर्माता कम्पनी विरुद्ध अख्तियार जाने भएका छन् । नेप्सेको साइटमा बारम्बार समस्या देखिएपछि साइट निर्माता र नेप्सेबीच कमिसनको खेलमा कमसल वेव साइट बनाइएको र वेव साइट डाउन गराएर करोडौं रुपैयाँको चलखेल भएको आरोप सहित लगानीकर्ताको एक समूहले अख्तियार गुहार्ने भएको हो । 
केहि समयअघि अर्थ सरोकार डटकमसंग कुराकानी गर्दै लगानीकर्ताको एक समुहले कमिसनको भरमा निर्माता कम्पनीलाई काम दिएको र उक्त कम्पनीले गैर कानुनी रुपमा नेप्सेको एपीआइको दुरुपयोग गरेको भन्दै अख्तियारमा अनुसन्धानका लागि निवेदन दिन लागेको बताए ।  यस कुरामा पनि चलखेल हुने र प्रभावित पार्न सक्ने भन्दै आफुहरुले परिचय दिन नखोजेको उनीहरुको तर्क थियो । 
यस विषयमा बुझ्न नेप्सेका महाप्रबन्धकसँग बुझ्दा उनको फोन निरन्तर व्यस्त छ भने वेव साइट निर्माता कम्पनीसँग सम्पर्क हुन सकेको छैन । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: