'यो करेक्सनसँगै नेप्सेले नयाँ उचाई बनाउंछ, सेयर किन्ने अन्तिम मौका यहि हो' सुन्दर प्रसाद पकुवालको विश्लेषण
Powered by Blogger.
'यो करेक्सनसँगै नेप्सेले नयाँ उचाई बनाउंछ, सेयर किन्ने अन्तिम मौका यहि हो' सुन्दर प्रसाद पकुवालको विश्लेषण

  • सुन्दर प्रसाद पकुवाल 
बुधबार सेयर कारोबारमा तिब्र उतारचढाव देखियो । कारोबार सुरु भएको पहिलो १० मिनेटमानै ३३ अंकले बढेर १६४३ को बिन्दुमा पुगेको नेप्से २२.३३ अंकले घटेर १५८८ को बिन्दुमा फर्कियो । कुल १४९ कम्पनीको ५० लाख ३३ हजार कित्ता सेयर खरिद बिक्रिबाट २ अर्ब ५४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ बुधबार । 

करिब अढाई अर्बको कारोबार हुँदा ४५ कम्पनीका लगानीकर्ताले कमाएका छन । जसमा सिन्धु र कन्काई बिकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सस्तोमा सेयर उठाउनेहरुले बढेको बजारमा नाफा बुक गर्न खोज्दा आएको सेलिंग प्रेसरले कारोबार रकममा टेवा मिलेपनि नेप्सेमा भने करेक्सन देखिएको छ ।

आजको बजारको करेक्सनले बजारको १६७५ को Resistance Support लाई Break Out गरेर नेप्सेले नयाँ उचाइ लिने पक्का छ । त्यो बिन्दु १८८८ भन्दा माथि हुनेछ । अवका Support १ = १५७२ Support २ = १५३२ Support ३= १५०५ सबै लाई सेयर किन्नलाई बजारले नयाँ अवसर दिएको छ । त्यसैले पनि अवको नेप्सेको बिन्दु १८८८माथि हुने पक्का छ । 


Published Date : Wednesday, March 29, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, ,

Loading...