×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

‘सापट लिऔं, ऋण गरौँ, जे गरौँ…’ तर घाटा नहुने स्ट्याण्डर्ड चार्टडकोको एफपीओ सकेजति भरौं’


  • दुर्गा प्रसाद काफ्ले 
स्ट्याण्डर्ड चार्टडको एफपीओ कस्तो समयमा आएको थियो भन्ने कुरा तपाईंहामी सबैलाई थाहा छ ।  व्यापक चलखेल गरिएको थियो स्ट्याण्डर्ड चार्टडको को एफपीओको अनुमति दिनेबेला पनि ।  बल्लबल्ल बजार उकालो लागेको बेला रातारात अनुमति दिनुलाई के भन्ने ? हामीले बुझेका छौं तर कसले सुन्ने हाम्रो बोली ? विचरा साना लगानीकर्ता कुरै बुझ्दैनन् । नआउनुपर्ने  एफपीओ आउने भयो । हो, अधिकांससंग पैसा नभएको बेला हो यो । तर स्ट्याण्डर्ड चार्टडको एफपीओ यस्तो एफपीओ हो जुन, ऋण नै गरेर किन्दा पनि घाटा लाग्दैन ।

कमाउने बेला यहि हो । बिना रिस्कको कमाइ ! जति पर्यो, फाइदा नै फाइदा !  सीधा हिसाब – बजारमा स्ट्याण्डर्ड चार्टको भाउ २००० हाराहारीमा छ । यो सेयर एफपीओ मार्फत १२९० मा आउंदैछ । अर्थात्  ७०० रुपैयाँ कममा यो सेयर आउंदैछ ।  साथै बैंकले आउने वर्ष १०० बोनस दिने र ८ अर्व पूँजी पुर्याउने कुरा ‘क्यापिटल प्लान’ मा भनिसकेको छ । यसरी हिसाव गर्ने हो भने बोनससमेत मिलाउँदा यो सेयरको भाउ ६४५ मात्र पर्ने हुन्छ ।

त्यसैले यो सेयर किन्दा ‘स्यूर- सट’ फाइदा हुन्छ । त्यसैले जति सकिन्छ त्यति, ऋण खोजेर हुन्छ कि सापट गरेर, जसरी हुन्छ त्यसरी, जति सकिन्छ त्यति, स्ट्याण्डर्ड चार्टडको एफपीओ भर्नुपर्छ । आइपीओ र एफपीओ सुरक्षित प्राय: लगानी हो । त्यसैले नछुट्नु, नछुटाउनु ! बरु सेयरमा डुबेका, उत्रेका, तैरिएका सबैलाई भनौं, ‘ स्ट्याण्डर्ड चार्टडको एफपीओ, फाइदाको बिजनेश गरौँ ।’ 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: