×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

अर्लाम ‘स्नुज’ गर्ने बानी छ ? : सुतेपछी उठ्नै मन लाग्दैन भने यसो गर्नुहोस् !

निन्द्रा नलाग्ने समस्या एकातर्फ विभिन्न मानिसलाई हुन्छ भने अर्को तर्फ सुतेपछी उठ्नै मन नलाग्ने समस्यापनि विभिन्न व्यक्ति वा उमेर समुहका मानिसमा हुन्छ । विशेष गरी विद्यार्थीहरुलाई यो समस्याले सताईरहेको हुन्छ । सुतेपछी उठ्नै मन नलाग्ने समस्याका कारण विभिन्न तहका विद्यार्थीहरुले धेरैपटक हैरानी खेप्नु परेको छ । त्यस्ता विद्यार्थीहरुमध्ये तपाईंपनि पर्नुहुन्छ भने यी टिप्स तपाईंलाई लावादायक हुन सक्छन् :
१.चाँडो उठ्नु पर्ने छ भने समयमा नै सुत्नुहोस् । म यतिबजे उठ्छु र यसकारण उठ्नुपर्छ भन्ने कुरामा मानसिक रुपमा तयार रहनुहोस् । खाना खाने बित्तिकै नासुत्नुहोस् । यसले शरीरलाइ असजिलो बनाउँछ जसका कारण तपाईं सहज रुपमा उठ्न पनि सक्नुहुन्न । 
२. अर्लामको प्रयोग गर्नुहोस् । तर जवरजस्त उठ्ने प्रयास नगर्नुहोस् । जवरजस्त उठ्दा स्वास्थ्यमा समस्या आउँछ । ‘अव ५ मिनेट सुत्छु’ भन्नेहरुको संख्या बढी हुन्छ । अर्लामलाइ ‘स्नुज’ गराएर पुन: उठ्ने प्रयास गर्नेहरुको संख्यापनि बढी हुन्छ । यस्तो गर्दा स्वास्थ्यमा झन् वाधा आउँछ । 
३. उठ्ने मन नलाग्नु धेरैको समस्या हो । यस्तो हुँदा विस्तारै ज्यान तन्काउनुहोस् । हात मुसार्नुहोस् र आँखा मिच्नुहोस् । उठेर ढिला नगरी मुख धुनुहोस् ।
४. जाडोको समयमा यो समस्या झन् बढ्छ । यस्तो हुँदा जाडो नहुने खालको नाइट ड्रेस लगाउनुहोस् ।
५. विस्तारै बानी लगाउनुहोस् । आज चाँडो उठ्ने र भोलि फेरी ढिलो उठ्ने काम नगर्नुहोस् । २० दिनभन्दा बढी दैनिक चांडो उठ्न थालेपछि बानी बस्छ । त्यसपछि यस्तो समस्या कम हुन्छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: