×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पढेको कुरा छिट्टै बिर्सने बानी छ ? त्यसो भए यसो गर्नुहोस् !

काठमाडौँ – धेरैको पढेको विर्सने बानी हुन्छ । यो समस्याले धेरैलाई सताईरहेको हुन्छ । पढेको कुरा एकछिनमा बिर्सने समस्याका कारण धेरै मेहेनत गर्ने विद्यार्थी पनि असफल भएका थुप्रै उदाहरणहरु छन् । आखिर पढेको कुरा कसरी सम्झने त ? नेपालमा शैक्षिक क्षेत्रमा लामो समय काम गर्नुभएका र मनोबैज्ञानिकहरुको सहयोगमा हामीले तपाईंहरुलाई ७ टिप्स संकलन गरेका छौं ।
१.एकोहोरो पढेर मात्र हुँदैन । तपाई सिकिरहनुभएको कुरालाई पूरानो कुरासंग जोड्न सिक्नुहोस् । जसले तपाईंलाई दुवै कुराका बारेमा आवश्यक कुराहरु सम्झन सजिलो हुनेछ । पढेका कुराहरुलाई लिंक गर्ने बानी बसाल्नुहोस् । 
२. धेरै होइन नियमित पढ्नुहोस् । कुनै चिजलाई मनमनै दोहोर्याएर त्यसलाई सम्झने गरियो भने कुनै पनि कुरा सम्झन धेरै सजिलो हुन्छ । लेख्ने अभ्यास गर्नुहोस् ।
३. यदि तपाईं केही कुरा याद गर्न चाहनुहुन्छ त्यससँग सम्बन्धित बस्तु वा चित्रको याद गर्नुहोस् । 
४. तपाईले केही महत्वपूर्ण कुरा सम्झि राख्नु पर्ने छ भने त्यसलाई फ्लायस कार्डमा लेख्न सक्नु हुन्छ । यो बानीले धेरै सफल भएका छन् । 
५. संगीत मन नपर्ने को नै होला र ? तर तपाईंले संगीतलाई पनि पढाइको माध्यम बनाउन सक्नुहुनेछ । तपाई कुनै कुरालाई स्मरणमा राख्न चाहनु हुन्छ भने आफ्नो मनपर्ने गितको धुनमा त्यस चिजलाई सेट गर्नुहोस् । 
६. आफुले पढेको कुरालाई मष्तिष्कमा विभिन्न तस्विर बनाउने प्रयास गर्नु पर्छ । पढिरहेको बेलामा ती शब्दका बारेमा सोच्न सुरु गर्नुहोस् ।
७. मानिसले आफ्नो मष्तिष्क आफ्नो जीवनकालमा मुस्किलले ५ देखि ७ प्रतिशत मात्र प्रयोग गर्न सक्छ भनिन्छ । त्यसैले ती बाँकी भाग पनि प्रयोग गर्ने प्रयास गर्ने । कुनै याद गर्नु पर्ने बस्तुलाई उदाहरण बनाएर याद गर्नुहोस् ।

यो पनि पढ्नुहोस् :

लोकसेवाको तयारी गर्दैहुनुहुन्छ ? हेर्नुहोस्, टपरले कसरी पढ्दा रहेछन्…!


आर्थिक बर्ष २०७३ / ७४ मा लोक सेवा आयोगको कुन परिक्षा कहिले हुँदैछ ?(तालिका सहित)


लोकसेवा पास हुने तरिका : कसरी पढ्ने समसामयिक घटना ?


सिएको परिक्षामा इतिहास रचेका विद्यार्थी प्रणवको टिप्स : ‘घोकेर होइन बुझेर पढौं’


परिक्षाको तयारी गर्दै हुनुहुन्छ ? यसरी पढे आउँछ बढी अंक !


Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: