×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पढ्न बस्यो कि निन्द्रा लाग्छ ? त्यसो भए यसो गर्नुहोस् !

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – पढ्न बस्यो कि निन्द्रा लाग्ने वा अल्छी लाग्ने समस्या धेरैलाई छ । अझ बेलुका फिल्म हेर्नुपर्यो वा गफ गर्नुपर्यो भने रातभर बस्नसक्नेहरुपनि पढ्न बस्यो कि निन्द्रा लाग्ने समस्याबाट ग्रस्त हुन्छन् । पढ्नुपर्ने वाध्यता तर पढ्न मन नलाग्ने यथार्थताका कारण यस्तो हुने मनोवैज्ञानिकहरुको भनाइ छ । तपाईंलाईपनि यस्तै हुन्छ भने यी ५ टिप्स अपनाउनुहोस्, समस्याको समाधान हुन्छ ।    
१. विहान होस् वा राती, खाना खाने वितिक्कै नपढ़नुहोस् । खाना खाएर पढ्न खोज्दा स्वाभाविक निन्द्रा लाग्छ । कहिलेपनि बढी खाना खाएर पढ्न नथाल्नुहोस् । बढी खाना खाएपछि शरीरमा अल्छीपना आउनु स्वाभाविक हो । मांशाहारी भोजन गरेपछि पढ्दा यस्तो समस्या झन् आउँछ । परिक्षाको समयमा सकेसम्म मांशाहारी भोजन कम गर्नुहोस् । गेडागुडी र सागसब्जीमा जोड दिनुहोस् ।    
२. सकेसम्म विहान पढ्नुहोस् ।  विहान चांडो उठेर पढ्दा अल्छी लाग्ने समस्या हट्छ । तर विहान चांडो उठ्नु परेको दिन बेलुकापनि चांडो सुत्नुहोस् । निन्द्रा पुगेन भने यो समस्या समाधान हुन गाह्रो हुन्छ । प्राक्टिकल विषय पढ्नुपर्यो भने विदाको दिन पढ्दा अझ राम्रो हुन्छ । एउटा हिसाव मिल्यो भने एक पटक फेरी त्यसलाई वा त्यहि प्रकृतिको हिसावलाइ अभ्यास गर्नुहोस् । यसो गर्दा आत्मविश्वास आउँछ । र अन्ततः : निन्द्रा लाग्ने वा अल्छी लाग्न कम हुन्छ ।     
३.सिरकमुनि बसेर कहिलेपनि नपढ़नुहोस् । खाटमा पल्टिएर, घोप्टो परेर, उत्तानो परेर वा सुतेर कहिलेपनि नपढ़नुहोस् । राती पढ्ने बेलामा आँखा चिम्लेर सम्झने वा घोक्ने काम नगर्नुहोस् । लामो समय नपढ़नुहोस् । बीचबीचमा केहि खाने, वा पानी पिउने गर्नुहोस् । पानी बढी पिउने हो भने पढ्दा निन्द्रा लाग्ने समस्या धेरै हदसम्म कम हुन्छ । पढ्दा कफी पिउनु राम्रो हो । यसले निन्द्रा भगाउँछ । तर पढ्दा खाने कुरा खाने काम नगर्नुहोस् ।      
४. पढ्ने तालिका बनाउनु निकै महत्वपूर्ण कुरा हो । पहिला आफुले पढ्ने विषय, ‘पढ्न निकै आवश्यक’ छ भन्ने मनस्थिति बनाउनुहोस् । आज यति वटा पाठ सक्काउँछु, वा यति पढ्छु भन्ने एकिन गर्नुहोस् । प्लान नगरी पढ्दा यस्तो समस्या बढी आउँछ । पहिलानै तालिका बनाउनुहोस् । तालिका बनाएर पढ्दा यस्तो समस्याको धेरै हदसम्म समाधान हुन्छ । 
५. पढ्ने बेलामा ध्यान दिनुहोस् । पढ्ने बेलामा परिवारको ऋण, सापटी, प्रेमी वा प्रेमिकासँगको रमाइलो वा दुखद् क्षण, शिक्षकको गाली लगायतका विषयहरु नसम्झनुहोस् । पहिला सजिलोबाट पढ्न सुरु गर्नुहोस् । आफुले पढेको विषय गाह्रो छ भन्ने मनस्थितिलाई अन्त्य गर्नुहोस् । सकेसम्म सजिलो पाठबाट सुरु गर्नुहोस् र क्रमश: गाह्रो तर्फ लाग्नुहोस् ।       
यो पनि पढ्नुहोस् :

लोकसेवाको तयारी गर्दैहुनुहुन्छ ? हेर्नुहोस्, टपरले कसरी पढ्दा रहेछन्…!


लोकसेवा पास हुने तरिका : कसरी पढ्ने समसामयिक घटना ?


सिएको परिक्षामा इतिहास रचेका विद्यार्थी प्रणवको टिप्स : ‘घोकेर होइन बुझेर पढौं’


परिक्षाको तयारी गर्दै हुनुहुन्छ ? यसरी पढे आउँछ बढी अंक !


Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: